फत्तेपुर । समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र सप्तरीमा आइपुगेको छ ।
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरीलाई आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आइपुगेको हो ।
आयोगबाट प्राप्त मतपत्रमध्ये निर्वाचन क्षेत्र अनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठिक पाइएसँगै भण्डारण गरिएको छ ।
ती मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरुमा राखिएको छ ।

निर्वाचन आयोगले नेपाली सेनाको सुरक्षामा मतपत्र विभिन्न जिल्ला पुर्‍याइरहेको छ ।
मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार सप्तरीमा प्रतिनिधिसभाको चार सदस्यका लागि ७० जना र प्रदेशसभाको आठ सदस्यका लागि १०६ जना चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
४ लाख १२ हजार ४ सय ४५ मतदाता रहेको सप्तरीमा ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ।

Facebook Comments Box