फत्तेपुर/नेकपा एमाले र जनता समाजबदी पार्टीले सप्तरी क्षेत्र न.. १ मा चुनावी अभियानलाई तिव्र पार्दै निर्वाचन परिचालन कमिटी गठन गरेको छ । मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन मा सप्तरी क्षेत्र न १ मा संघ तर्फ जसपा नेता नबलकिसोर साह र प्रदेश तर्फ १ क मा नेकपा एमाले नेता राजकुमार लेखि र ख मा सुदम्बर यादबले उम्मेदवारी दिएका छ्न। प्रतिनिधि सभा र प्रदेश सभा दुवै तर्फ एमाले जसपा नेतृत्वमा स्थायी सरकार गठन गरि समृद्ध नेपाल,सुखी नेपाली अभियानलाई सार्थक बनाउन एमाले जसपाको बिच तालमेल गरिएको नेकपा एमाले केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज दिवाकर देबकोटाले जानकारी दिए। एमाले जसपाको मंग्लवार कंचनपुर मा भएको १ क्षेत्रीय भेलाले जसपाका क्षेत्रीय अध्यक्ष हेमन्त कुमार बहडखेरको संयोजकत्वमा ६१ सदस्यीय क्षेत्र न १ स्तरीय सयुक्तरुपा चुनाव परिचालन कमिटी गठन गरेको छ। चुनावी प्रचारका लागि नगर र वडागत रुपमा संयुक्त निर्वाचन परिचालन कमिटी विस्तार गर्ने कार्य सुरु गरेको छ ।मंगलबार सप्तरी क्षेत्र नं. १ क को भेलाले एमाले जसपा तालमेलबारे छलफल भएको र एमाले जसपाका उम्मेदवारहरुलाई जिताउन योजना बनाइएको जसपा प्रचार बिभाग प्रमुख बृजमान तामाङले जानकारी दिए । क्षेत्रीय भेला मा प्रतिनिधि सभा उम्मेदवार नबलकिशोर शाह प्रदेश सभा उम्मेदवार राजकुमार लेखि,सुदम्बर यादब नेकपा एमाले सल्लाहकार समिति सदस्य सत्यनारायण मन्ड्ल केन्द्रिय सदस्य दिवाकर देबकोटा लगायत्ले सम्बोधन गरेका थिए।उम्मेदवार लेखिले सप्तरी १ न क्षेत्रको चौतर्फी विकासका लागी नेकपा एमालेसँग स्पष्ट भिजन र दृष्टिकोण भएको भन्दै एमाले जसपाका उम्मेदवार लाइ भोट हाल्नको लागि अपिल गरेका छ्न ।अहिलेको राष्ट्रिय आबश्यकता अनुसार बनेको नेकपा एमाले र जसपा बीच चुनावी तालमेल का अनुसार सप्तरी क्षेत्र नं १ मा प्रतिनिधि सभा तर्फका उम्मेदवार जसपाका केन्द्रिय कार्यकारिणी सदस्य नबलकिशोर शाहलाइ चुनाव चिन्ह छातामा र प्रदेश क तर्फका उम्मेदवार नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार लेखि लाइ चुनाव चिन्ह सुर्यमा तथा प्रदेश सभा ख तर्फका उम्मेदवार जसपाका उम्मेदवार सुदम्बर यादबलाइ चुनाव चिन्ह छातामा मतदान गर्नु पर्ने प्रतिनिधि सभाका उम्मेदवार नबलकिशोर शाहाले बताए ।

Facebook Comments Box