फत्तेपुर/नेपालीहरुको साझा सांस्कृति धरोहरकोरुपमा स्थापित छठ पर्व सप्तरीको सप्तकोसी लगायत विभिन्न स्थान मा धुनधान साथ शुरु भएको छ। सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुर स्थित त्रियुगा नदी किनारामा आइतबार साझ अस्ताउदो सुर्यलाइ अर्ग दिएर शुरु गरिएको छ। आइतबार रातभर जाग्राम बसेर गरिने पुजाको घाट गत बर्षको भन्दा फरक तरिकाले व्यवस्थापन लगायतका कामहरु पुरा गरि पुजालाइ ब्याबस्थित पारिएको छ । नदी किनारामा विभिन्न स्टलहरु निर्माण गरि आकर्षक बनाइएको छ । नदी किनारामा दैनिकजसो सरसफाइ, सम्याउने, प्रवेशद्धार निर्माण, छठ पुजामा चाहिने सामग्री किनबेचले छठको रौनक बढेको छ ।
छठ पुजा व्यवस्थापन समितिका संयोजक रमण कर्णका अनुसार सबै प्राविधिक कामहरु पुरा गरि छैठि माताको पुजा शुरु गरिएको छ । मुख्य घाट व्यवस्थापन, मुर्ति स्टल निर्माण, साँस्कृतिक कार्यक्रमका लागि मञ्च निर्माण, स्टल, मुख्य तथा सहायक प्रवेशद्धार, विजुली वत्ति, साउण्ड सिस्टम लगायतका पुजा घाट ब्याबस्थित बनाइएको कर्ण ले बताए । पूजा स्थल तथा तलाउका घाटहरुलाई आकर्षक रुपमा सजाईएको छ । नहाय खायसँगै सुरु हुने छठ पुजामा विशेषगरी अस्ताउँदो र उदाउँदो सुर्यलाई अर्घ दिने चलन छ । पर्वलाई विगत बर्षभन्दा अझ उत्कृष्ठ, व्यवस्थित र भव्य बनाउन आवश्यक अनुसार उपसमिति तयार गरी जिम्वेवारी वाँडफाँट गरिएको उनले बताए ।
कात्तिक १३ गते अर्थात आईतबार त्रियुगा नदी किनारामा अस्ताउँदो सुयलाई अर्घ दिई रातभर जाग्राम बसेर पुजाआरधना गरिने छठ पुजाका लागि करिव हजार मिटर जग्गामा घाट व्यवस्थापन गरिएको समितिका संयोजक कर्ण ले जानकारी दिए । घाटमा हजारौ बढिले पुजा गर्ने उनले बताए । समितिले विहानैदेखि स्थानीयहरुको सहभागितामा नदी आसपासका क्षेत्रका फोहर सरसफाइ गरिरहेको छ ।
यो वर्षको पर्वमा लोकसंस्कृति झल्कने गरी खुल्ला नृत्य तथा गायन मनोरञ्जनात्मक सांस्कृतिक लगायतका कार्यक्रम तय गरिएको उनले बताए । त्यसैगरी छठलाई लक्षित गर्दै चोकचोकका व्यापार व्यवसाय बढाइएको छ । छठको अवसरमा पूजा सामग्री तथा फलफूलको व्यापार ह्वात्तै बढेको छ । छठ पर्वमा केराको अत्याधिक प्रयोग हुन्छ । विशेषगरी केरा, नरिवल, उखु, सुन्तला, नेवुवा, बेसार, चामल र गहुँको आँटा तथा गुंडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत परम्परागत परिकारहरु यस पर्वमा प्रसादको रुपमा चढाइन्छ ।
केरा, नरिवल लगायत पूजा सामग्रीको आपूर्ति पूर्वी नेपालको भन्टावारी, इनरुवा र भारदहसँगै विभिन्न सहरबाट भित्रिने गरेको छठ पुजा व्यवस्थापन समितिले जनाएको छ नुहाए खायसँगै सुरु हुने छठ पर्वको दोश्रो दिन ब्रतालुहरु दिनभर उपवास बसी राति गुलियो पुरी, खीर, नुन नहालेको तरकारी खाने गर्दछन् । जसलाई स्थानीय भाषामा ‘षडना’ भनिन्छ । षडनाको प्रसाद सपरिवार सँगै बसेर खाने चलन छ । षडनापछि निराहार ब्रत बस्नेहरुले भोलीपल्ट अस्ताउँदो सूर्य पूजा र पर्सीपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गर्ने प्रचलन रहेको छ ।

Facebook Comments Box