जनताले विश्वास गरी गरेको मतदानलाई कहिल्यै अवमूल्यन हुन दिने छैन :- लेखि



फत्तेपुर/सप्तरी निर्वाचन क्षेत्र नम्बर १(क) का प्रदेश सभा सदस्यका उम्मेदवार राज कुमार लेखीले जनताले आफुमाथि बिश्वास गरि दिएको मत कहिल्यै अवमूल्यन हुन दिने बताएका छ्न। एमाले जसपाको तर्फबाट प्रदेश सभा सदस्य पदको साझा उम्मेदवारी बनेका एमाले केन्द्रिय सदस्य राजकुमार लेखिले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का जनता ले मलाइ विश्वास गरेर दिएको मतदान लाइ सदैव उच्च सम्मान गरि जनताको सेबा मा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मङगलबार सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा न ४ प्रशवनीमा मतदाता संग भेटघाट गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मतदाता सँगको भेटघाटको क्रममा बोल्दै लेखीले असमानता र विभेद विरुद्ध लामो संघर्ष गरेकाले भारी जनमत पाउने विश्वास लिएको बताएका छ्न । देशमा भएको जातीय, वर्गीय, लैङ्गिक असामानता अन्त्य गर्दै समातामूलक समाज निमार्णका लागि सधैं अग्रपंक्तिमा रहेर काम गरे, लेखीले भने, आफ्नो नेतृत्वमा सामाजिक न्याय र समानतामा निर्णायक आन्दोलन गर्न सफल पनि भए, बर्तमान राज्यको हरेक तहको शासन र प्रशासनमा आरक्षणको ग्यारेन्टी थारु, आदिवासी जनजाति आन्दोलनको बलमा भएको बताए ।
लामो समयदेखि जनताको सेवामा समर्पित भएर राजनीतिमा सक्रिय भएका लेखीले भने, चुनावी प्रतिस्पर्धामा जितहार हुन सक्ला तर जनताले आफुलाई गरेको विश्वासलाई उच्च सम्मान गर्दै जनताको बीचबाट भाग्ने नभाग्ने र जनतामै रहेर राजनीतिमै सक्रिय रहने बताए । प्रदेश सभा सदस्य पदमा निर्बाचित भए आफ्नो कार्यकालमा भ्रष्टाचार नगर्ने हुन नदिने , परिवाबाद नातावादमा नफँस्ने, सदनमा जनताको आधारभूत आबश्यकतालाई जोडतोडका साथ उठाउने र स्थानीयबासीसँग छलफल गरेर स्थानीय आबश्यकताको पहिचान गरी उचित बजेटको व्यवस्था गर्ने प्रतिबद्धताका साथ उम्मेदवार उम्मेदवारी दिएको लेखिले बताए ।


