फत्तेपुर/त्रियुगा सहकारी डिपार्टमेन्टले दशै,तिहार र छठ पर्वको अबसर सन्चालन गरेको लक्की ड्र को नतिजा शुक्रबार सार्बजनिक गरेको छ।
२०७९ को बिजया दशमी को घटस्थापना देखि छठ पर्व सम्म डिपार्टमेन्ट मा मा दुइ हजार पाँच सय बराबरको सामान खरिद गरे बापत ग्राहकले एक लक्की कुपन प्राप्त गर्दै गरेका थिए। शुक्रवार सम्पन्न उक्त लक्की ड्र को प्रथम पुरस्कार स्वरुप साइकल स न पा १ स्थित भट्टराई खाजा घरले जित्न सफल भएको थियो भने द्वितीय पुरुस्कार सिलिङ फेन बिक्रम चौधरी र तृतीय पुरुस्कार स्वरुप झुमा खड्का लाई सिलिङ फेन परेको थियो । त्यसै गरि सान्त्वना पुरस्कार स्वरुप इलेक्ट्रोनिक जग शुशान्त यादब,आकास साह,शुस्मा श्रेष्ठ ,रोजिन बिष्ट,र सोनम चौधरी लाई परेको सस्थाका सहायक ब्यब्स्थापक कर्ण प्रसाद भट्टराई ले बताए। अर्को सन्त्वना पुरस्कार स्वरुप एक कार्टुन चाउचाउ चिन्तन मन्डलले प्राप्त गरेका थिए ।
डिपार्टमेन्ट मा सन्चालित उक्त कार्यक्रम का प्रमुख अतिथी सप्तकोसी नगरपालिका का प्रमुख कृष्ण ढकाल तथा उप मेयर रिता चौधरी ले पुरुस्कार बितरण गरेका थिए। लक्की ड्र मा ४०९ जना उपभोक्ता ले लक्की ड्र मा सहभाकिता जनाए का थिए।सस्था का उपाध्यक्ष उमेश यादब को अध्यक्षता मा सम्पन्न कार्यक्रम सस्था का सहायक ब्यबस्थापक कर्णप्रसाद भट्टराई ले कार्यक्रम सन्चालन गरेका थिए।

Facebook Comments Box