फत्तेपुर/ जसपाका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवं सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का एमाले जसपाका साझा उम्मेदवार नवलकिशोर साहले देशमा रहेको बेरोजगारी समस्या अन्त्यका लागि अग्रणी भुमिका खेल्ने बताएका छ्न । शनिबार सप्तरीको अग्निसाईर कृष्णासवरन २ सितापुरमा आयोजित चुनावी घरदैलो कार्यक्रममा मतदातामाँझ बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन । घरदैलो कार्यक्रम मतादाता संग कुराकानी गर्दै नेता साहले समाजमा समस्याको रुपमा रहेको गरिबी र बेरोजगारीलाई अन्त्य गर्ने उदेश्यका साथ उम्मेदवारी दिएको बताए । देशमा रोजगारीको उचित व्यबस्था नहुदा चरम गरिबी बढेको छ, मधेश प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका साहले भने, गरिबी र बेरोजगारी अन्त्य गर्न मेरो भुमिका अग्रस्थानमा रहनेछ । मधेश प्रदेशमा मन्त्रीको जिम्मेवारी पाएसंगै स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउदै प्रतिनिधि सभा सदस्यका उम्मेदवार साहले आफुले गरेको विकासले हजारौंले रोजगारी पाएकोले स्मोरण गराउदै अझै उधोग कारखाना स्थापना गरि लाखौ युवालाई स्वादेशमै रोजगारीका लागि अग्रणी भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । आफुले क्षेत्रबासीको हरेक समस्या र सुखदुःखमा सहयोग गर्दै आएको चर्चा गर्दै उनले जनताले एकपल्ट सेवा गर्ने अबसार दिनेमा विश्वास व्यक्त गरे । नेकपा एमालेका केन्द्रिय सदस्य एवं सप्तरी निर्वाचन क्षेत्र नम्बर १( क) बाट एमाले-जसपा साझा उम्मेदवार राज कुमार लेखीले क्षेत्रबासीको शिर कहिले झुक्न नदिने बताए । आफुपनी भ्रष्टाचार नगर्ने र गर्नपनी नदिने बताउदै लेखीले सुशासनसहितको समृद्ध प्रदेश निर्माणका लागि आफ्नो उम्मेदवारी भएको बताए । घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य दिवाकर देवकोटा, जसपा केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य रन्जु कुमारी झा, एमाले मधेश प्रदेश सदस्य बोधराज सुबेदी, जसपा मधेश प्रदेश परिषद सदस्य अशोक कुमार चौधरी, एमाले जिल्ला उपसचिव कुसुम आचार्य, जसपा जिल्लाकोषाध्यक्ष बृजमान तामाङ, एमाले जिल्ला सदस्य योगेन्द्र प्रसाद चौधरी, बद्री नारायण चौधरी, वीर बहादुर मगर , जसपा महिला नेता उषा साह, गुल्जारी यादव, रेणुका खंग , मिलन चौधरी, श्याम चौधरी लगायतका जसपा एमालेका संयुक्त प्रचारप्रसार समितीका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box