फत्तेपुर /प्रेस चौतारी नेपाल सप्तरी शाखा ले आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्नको लागि सप्तरी जिल्ला मा प्रचार डेस्क संचालन गर्ने भएको छ । प्रेस चौतारी नेपाल सप्तरी शाखा ले जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको प्रयोगबाट प्रचार प्रसारलाई व्यवस्थित बनाउने भएको छ । प्रेस चौतारी नपाल सप्तरी शाखाको शनिबार कन्चरुप नगरपालिका मा सम्पन्न बैठकले प्रेस चौतारी नेपालको नितिअनुरुप जिल्ला का ४ वटै निर्वाचन क्षेत्रमा प्रेस चौतारी नेपाल सप्तरी शाखा मा आबद्ध पत्रकार हरु लाइ एमाले जसपा का उम्मेदवारहरु को चुनाव प्रचारप्रसार परिचालन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय प्रचार विभाग र प्रदेश सूचना डेक्स र जिल्ला पार्टीकार्यल सँग समन्वय गरी सञ्चार माध्यमबाट प्रकाशन÷प्रशारण गर्ने प्रतिवद्धताका साथ लागि पर्ने बैठक ले निर्णय गरेको छ।एमाले केन्द्रीय कमिटी, जिल्ला कमिटीले तयार पारेका घोषणापत्रका उम्मेदवार हरु ले तयार पारेका प्रतिबद्धता पत्रका मुख्य–मुख्य र महत्वपूर्ण बुँदाहरुलाई प्राथमिकताका साथ प्रकाशन÷प्रशारण गर्ने, पार्टीले निर्माण गरेका प्रतिबद्धता र घोषणापत्रलाई सञ्चार मैत्री बनाउन सुझाव दिने लगायतका निर्णय भएको प्रेस चौतारी नेपाल सप्तरी शाखा अध्यक्ष डम्बर राइले जानकारी दिए।
बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज खगेन्द्र कार्की ले कार्यक्रम को उदेश्य र जिल्लामा मिडियाको अवस्था बारे जानकारी गराउनु का साथै चौतारीको आगामी कार्यभारबारे पनि जानकारी गराएका थिए।बैठक मा नेकपा एमाले केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज दिवाकर देबकोटा नेकपा एमाले केन्द्रिय सदस्य सप्तरी सह इन्चार्ज तथा सप्तरी क्षेत्र न १ (क) का प्रदेश सभा सदस्य राजकुमार लेखि नेकपा एमाले प्रदेश कमिटी सदस्य बशन्त मिश्र प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज खगेन्द्र कार्की प्रेस चौतारी नेपाल मधेस प्रदेश कमिटी महिला उपाध्यक्ष अर्चना परियार लगायतको उपस्थिति रहेको थियो।

Facebook Comments Box