रक्तमाला को २३ औं बाषिक साधरणसभा सम्पन ,नयाँ नेतृत्वमा लुइँटेल



फत्तेपुर / रक्तमाला नमुना सामुदायिक बन उपभोक्ता समिति फत्तेपुरको २३ औं बार्षिक साधरणसभा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ।
सप्तरीको को सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुरमा रहेको रक्तमाला नमुना सामुदायिक बन उपभोक्ता समितिको २३ औं बार्षिक साधारणसभाले इन्द्र प्रसाद लुइँटेलको अध्यक्षता मा १५ सदस्य नयाँ कार्य समिति चयन गरेको छ।समितिको उपाध्यक्ष, सचिब ,कोषाध्यक्ष,सह सचिबमा क्रमशः उतर कुमार श्रेष्ठ ,भोला प्रसाद सुबेदि,सरस्वती बिक रहेका छ्न। सामुदायिक बनका अध्यक्ष राम बहादुर कटुवालको अध्यक्षता तथा सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम जिल्ला बन कार्यलय सप्तरीका प्रमुख हेमन्त प्रसाद शाह लगायत विभिन्न पार्टी प्रतिनिधि र संघ सस्था का प्रतिनिधि हरु ले सामुदायिक बनको प्रगतिको शुभकामना ब्याक्त गरेका थिए ।निर्बाचित पदाधिकारीलाइ आइतबार नै निर्वाचन समिति ले सफत ग्रहण गराएको छ।


