नगरप्रमुख ढकाल द्वार पुस्तक लोकार्पण



फत्तेपुर/सप्तकोसी नगरपालिका का प्रमुख कृष्ण प्रसाद ढकाल ले सोमबार एक कार्यक्रम मा बिच पुर्ण -नन्द स्मृति ग्रन्थ पुस्तक लोकार्पण गरेका छन।।
सानिध्य कृषि परामर्श तथा तालिम केन्द्र झापा द्वारा प्रकाशन गरिएको पुर्ण -नन्द स्मृति ग्रन्थ सोमबार एक कार्यक्रम का बिच सप्तकोसी नगरपालिका वडा न ४ बलार्दह मा लोकार्पण गर्नुभएको हो। पुस्तक मा गत बर्ष मात्र दिबङगत हुनु भएका पन्डित पुर्ण प्रसाद भट्टराई र केही बर्ष पहिले निधन भएकी निजकी श्रीमती नन्द कुमारी भट्टराई को जिबनी समेटेर निजको सम्झना मा तयार पारिएको पुस्तक पुर्ण नन्द स्मृति ग्रन्थ को मृतक भट्टराई को बार्षिकी पारेर लोकार्पण गरिएको छोरा शालिकराम भट्टराई ले बताए।
उक्त पुस्तकमा स्वर्गीय भट्टराई को जिवनि का साथमा निजले आफ्नो जिवनकाल मा गरेका सेवा मुलक कामहरु,आफ्ना सन्तती लाई प्रदान गरेका अर्ति उपदेश का साथमा छोराहरु वासुदेव ,लक्ष्मिकान्त ,शालिक रमेश, दिनेश र उमेश ले पिता माता जिबित रहदा उहाँहरु सङ बिताएका पलहरुको स्मरण गरिएको छ।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथी सप्तकोसी नगरपालिका का नगर प्रमुख ढकाल ले यस्ता पुस्तक हरुले भावी सन्तती लाइ आफ्ना पुर्वज हरुको जिवनी तथा वन्शावली निर्माण मा सहयोग पुग्ने बताए। नगर प्रमुख ढकालले पन्डित भट्टराई आफैमा एउटा ग्रन्थ हुनुहुन्थ्यो , उहाको अर्तिले समग्र भट्टराई परिवार मात्र नभइ सिङो समाज को परिबर्तन हुने मा आफू बिश्वस्त रहेको बताए।
कार्यक्रम मा बोल्दै पन्डित प्रल्लाद खतिवडा ले उक्त पुस्तक मा उल्लेखित देबि देबता तथा समस्त पित्री हरु को नमावली समाबेश हुनु,एउटा परिवार मात्र नभइ समग्र आफन्त को पनि गतिबिधी समेट्नु ले यस पुस्तक पुर्ण रहेको बताए।कार्यक्रम मा स्वर्गीय भट्टराई का नाति शिव प्रसाद आचार्य ले पुस्तक को संक्षिप्त्त टिप्पणी गरेका थिए। पुस्तक कि प्रकाशक स्व भट्टराई कि बुहारी बिना लम्साल रहेकी छिन।
स्व भट्टराई का छोरा शालिकराम भट्टराई ले सन्चालन गरेको कार्यक्रम को अध्यक्षता भट्टराई का जेष्ठ छोरा बासुदेब भट्टराई ले गरेका थिए।








