फत्तेपुर/सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा एमाले जसपा गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीब्र बनाएका छ्न। नेकपा एमाले जसपाका साझा उम्मेदवारहरुलाइ सप्तरी निर्वाचन क्षेत्र न १मा प्रदेश सभा र प्रतिनिधि शभाका उम्मेदवारहरु लाइ बिजयी गराउन उम्मेदवारहरुले संयुक्त घरदैलो कार्यक्रम लाइ तीब्रता दिएका छ्न।उम्मेदवारहरु आफ्ना समर्थक सहित मतदातालाई रिज्याउन आफ्ना एजेन्डा लिएर मतदाताको घरदैलो मा पुगेर आफ्नो चुनाव चिन्ह मा मतदान गर्न मतदाताहरु लाइ आग्रह गर्दै हिडेका छ्न।
निर्वाचन क्षेत्र न १ मा प्रतिनिधि सभाका उम्मेदवार नबलकिशोर शाह र प्रदेश सभा (क) मा एमाले नेता राजकुमार लेखि र( ख) मा सुदम्बर यादबले उम्मेदवारी दिएका छ्न। मधेश प्रदेशका सामाजिक बिकास मन्त्री समेत रहेका नबलकिशोर साहले यस क्षेत्रमा गरेको विकासका कामको प्रभावले जनताले पुन: मतदान गरि प्रतिनिधि सभामा पठाउने शाहको भनाइ छ । निर्वाचनको मिति छोटिए संगै दलहरुले घरदैलो अभियानलाई तीब्र गतिमा अगाडि बढाई रहेका छन् ।
निर्वाचन क्षेत्रको विभिन्न गाउँ बस्ति टोलटोलमा मत माग्न पुगेका उम्मेदवारहरुलाइ मतदाताहरूले जितको शुभकामना दिने गरेका छ्न । सप्तरी क्षेत्र न १ मा विभिन्न बिकासको योजना सहित साझा प्रतिबद्धता पत्र सहित प्रदेश शभा सदस्य पदमा नेकपा एमाले का केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज राजकुमार लेखि जसपा नेपाल का सुदम्बर यादव र प्रतिनिधि शभा सदस्य मा जसपा नेपाल कार्यकारिणी सदस्य नबलकिशोर शाह चुनावी अभियानमा उत्रिएका छ्न।
क्षेत्र न १ मा बाम– गठबन्धनबाट प्रतिनिधि शभामा सदस्यमा नेपाली काङ्ग्रेस का रामदेव शाह लगायत स्वतन्त्र उम्मेदवार इन्जिनियर कबिन्द्र यादब सहित २० जनाले उम्मेदवारी दिएका छ्न भने प्रदेश शभा सदस्य पदमा माओवादी केन्द्र का बेचन प्रसाद चौधरी लगायत स्वतन्त्र उम्मेदवार शम्भु बहादुर खड्का सहित ११ जनाले उम्मेदवारी दिएका छ्न ।


सबै उम्मेदवारहरूले मतदातालाई रिझाउन निरन्तर घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
एमाले जसपाका उम्मेदवारहरुले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को स्वास्थ, शिक्षा र रोजगारी समग्र यस क्षेत्रको बिकास यसपालिको भोट वृद्ध भत्ता दिने पार्टी एमाले लाइ यसपालिको भोट प्रत्येक पालिकामा अस्पताल बनाउने पार्टी एमाले लाइ ,यसपालिको भोट रामराजाप्रसाद सिह स्वास्थ्य बिज्ञापन प्रतिस्ठान राजबिराज स्थापना गर्ने पार्टी एमाले जसपा का संयुक्त उम्मेदवारहरु लाइ मत दिन आग्रह गर्दै घरदैलो मा पुग्ने गरेका छ्न।एमाले जसपा चुनावी गठबन्धन बनाई चुनावी मैदानमा संयुक्त रुपमा होमिएको प्रदेश शभा सदस्य उम्मेदवार राजकुमार लेखि ले बताए ।

Facebook Comments Box