फत्तेपुर/सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा एमाले जसपा गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीब्र बनाएका छ्न।

नेकपा एमाले जसपाका साझा उम्मेदवारहरु सप्तरी निर्वाचन क्षेत्र न १मा प्रदेश सभा र प्रतिनिधि शभाका उम्मेदवारहरु लाइ बिजयी गराउन संयुक्त घरदैलो कार्यक्रम लाइ तीब्र बनाउदै आएका छ्न ।
निर्वाचन क्षेत्र न १ मा प्रतिनिधि सभाका उम्मेदवार नबलकिशोर शाह र प्रदेश सभा (क) मा एमाले नेता राजकुमार लेखि र (ख )मा सुदम्बर यादबले उम्मेदवारी दिएका छ्न। मधेश प्रदेशका सामाजिक बिकास मन्त्री समेत रहेका नबलकिशोर साहले यस क्षेत्रमा गरेको विकासका कामको प्रभावले जनताले पुन: मतदान गरि प्रतिनिधि सभामा पठाउने शाहको भनाइ छ । निर्वाचनको मिति छोटिए संगै दलहरुले घरदैलो अभियानलाई तीब्र गतिमा अगाडि बढाई रहेका छन् ।
निर्वाचन क्षेत्रको विभिन्न गाउँ बस्ति टोलटोलमा मत माग्न पुगेका उम्मेदवारहरुलाइ मतदाताहरूले जितको शुभकामना दिने गरेका छ्न । सप्तरी क्षेत्र न १ मा विभिन्न बिकासको योजना सहित साझा प्रतिबद्धता पत्र सहित प्रदेश शभा सदस्य पदमा नेकपा एमाले का केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज राजकुमार लेखि जसपा नेपाल का सुदम्बर यादव र प्रतिनिधि शभा सदस्य मा जसपा नेपालका कार्यकारिणी सदस्य नबलकिशोर शाह चुनावी अभियानमा उत्रिएका छ्न।
क्षेत्र न १ मा बाम– गठबन्धनबाट प्रतिनिधि शभा सदस्यमा नेपाली काङ्ग्रेस का रामदेव शाह लगायत स्वतन्त्र उम्मेदवार इन्जिनियर कबिन्द्र यादब सहित २० जनाले उम्मेदवारी दिएका छ्न भने प्रदेश शभा सदस्य पदमा बाम गठबन्धनबाट माओवादी केन्द्र का बेचन प्रसाद चौधरी लगायत स्वतन्त्र उम्मेदवार शम्भु बहादुर खड्का सहित ११ जनाले उम्मेदवारी दिएका छ्न ।
सबै उम्मेदवारहरूले मतदातालाई रिझाउन निरन्तर घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को स्वास्थ, शिक्षा र रोजगारी समग्र यस क्षेत्रको बिकास यसपालिको भोट वृद्ध भत्ता दिने पार्टी एमाले लाइ यसपालीको भोट प्रत्येक पालिकामा अस्पताल बनाउने पार्टी एमाले लाइ ,यसपालीको भोट रामराजाप्रसाद सिह स्वास्थ्य बिज्ञापन प्रतिस्ठान राजबिराज स्थापना गर्ने पार्टी एमाले जसपा का संयुक्त उम्मेदवारहरु लाइ मत दिन आग्रह गर्दै मतदाता सामु आफ्नो पक्ष मा मत माग्दै घरदैलो मा पुग्ने गरेका छ्न।

एमाले जसपा चुनावी गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका एमाले का युवा नेता लेखि लामो समय देखि आदिवासी जनजाति को हत हितको लागि आवाज उठाउदै विभिन्न मोर्चाको नेतृत्व समाल्दै आएका अनुभवी र स्थापित उम्मेदवारको रुपमा चिनिएका छ्न भने साह प्रदेश को सामाजिक बिकास मन्त्री भै बिकासको काम गरि स्थापित भएका उम्मेदवारको रुपमा परिचीत रहेकाले एमाले जसपाका उम्मेदवारहरुको जितहुने स्थानीय मतदाताहरुको आकलन छ।

Facebook Comments Box