सप्तरीमा मादक पदार्थ बिक्री बितरण, ओसारपसार र सेवनमा रोक


फत्तेपुर, २३ कात्तिक । सप्तरीमा मादक पदार्थ विक्रि वितरण, ओसारपसार र सेवनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधवार एक सूचना जारी गरी मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मादक पदार्थ विक्रि वितरण, ओसारपसार र सेवनमा रोक लगाएको हो ।
गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको च.नं. ३३२ मिति २०७९/०५ /३० गतेको परिपत्र र जिल्ला सुरक्षा समितिको मिति २०७९/०७/२३ गतेको निर्णयानुसार २०७९ कार्त्तिक २३ गते देखी मतपरिणाम पूर्ण सार्वजनिक नभएसम्म जिल्लाभर मादक पदार्थ पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो । निर्वाचनलाई स्वाच्छ, निष्पक्ष, सुरक्षित र भयरहित बाताबरणमा सम्पन्न गर्न २०७९ कार्तिक २३ गते देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मको लागि यस जिल्लाभर मदक पदार्थको ओसारपसार बिक्री वितरण र सेवन कार्यलाई निषेध गरिएको सूचनामा जनाएको छ ।
सो कार्य नगर्न नगराउन हुन र अन्यथा भए गरेको पाईएमा प्रचलित कानुन वमोजिम कारवाही सुचनामा उल्लेख गरिएको छ ।


