स्वतन्त्र उम्मेदवार खड्काको पक्षमा जनमत बढ्दै, घरदैलोलाइ तिब्रता



फत्तेपुर/सप्तरी क्षेत्र नं. १(क) मा प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार शम्भु बहादुर खडकाको पक्षमा जनमत दिनप्रतिदिन बढ्न थालेको छ । नेकपा माओवादी केन्द्र बाट राजीनामा दिएर खडकाले सप्तरी क्षेत्र न १ क बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएसंगै चुनावी मैदानमा होमिएका खड्कालाइ माओवादी केन्द्रका जिल्ला स्तरीय नेता तथा सप्तकोसी वडा न १ बाट वडा अध्यक्ष का उम्मेदवार बनेका सन्तोष खतिवडा सप्तकोसी नगरकमिटि सदस्य जंग बहादुर सुबेदि नेकपा माओवादी केन्द्रका कन्चरुप नगर कमिटी सचीव तथा कन्चनरुप वडा न ७ का वडा अध्यक्षका उम्मेदवार सरोज भण्डारी सप्तकोसी वडा न १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अरुण कटवाल लगायत युवा पुस्ताको साथ र समर्थन पाएका खड्का लाइ माओवादी नेपाली काङ्ग्रेस एमालेका जसपा लगायतका राजनीतिक पार्टीका असन्तुष्ट कार्यकर्ताहरुको समर्थक सहितको जनमत दिनप्रतिदिन बढेको माओवादी नेता सन्तोष खतिवडा ले बताए ।बिगत २५ बर्ष देखि फत्तेपुरमा रहेको करिब ४ हजार सेयर सदस्य भएको त्रियुगा सहकारी सस्थाको सन्चालक समितिको अध्यक्ष भएर सहकारी मा आवद्ध सेयर सदस्य , पशुपालक र कृषकहरुको हकहितमा काम गर्दै आएका खड्का सहकारी अभियान्तको रुपमा निर्वाचन क्षेत्र मा मात्रै नभएर जिल्लामै परिचित नाम हो ।खडकाले यो २५ बर्षे सहकारी अभियानमा निर्वाचन क्षेत्रको ३ वटै पालिका मा आफुले जनताको पक्ष काम गरेकाले यहाँका मतदाताले आफ्नो चुनाव चिन्ह टेबुल पंखामा मतदान गरि आफुलाइ जिताउने मा उनि ढुक्क छ्न। सप्तरीको ३ वटा नगरपालिका सप्तकोसी,कन्चरुप र कृष्णसर्बन नगरपालिका लाइ समेटेर प्रदेश शभा निर्वाचन क्षेत्र रहेको क मा मतदाताहरुको उत्साहजनक समर्थन पाएपछि खड्का आफ्नो चुनावी अभियानलाई तिब्र रुपमा अघि बढाउदै दिनँहु घरदैलो र चुनावी सभा समेत गरिरहेका छन् ।

घरदैलोका क्रममा स्वतन्त्र उम्मेदवार खडकाको समर्थकसहित स्थानीयको उत्साह जनक सहभागिता रहेको माओवादी केन्द्रका नगर कमिटी सचिव सरोज भण्डारीले जानकारी दिएका छन् । खडकाले स्वतन्त्र उम्मेदवारी दिएपछि भण्डारी समेत खडका जिताउ अभियानमा जोडिएका छन् ।स्वतन्त्र उम्मेदवार खड्काको प्रतिस्पर्धा एमाले जसपा उम्मेदवार राजकुमार लेखि र सत्ता गठबन्धनका उम्मेदवार बेचन प्रसाद चौधरी संग हुने देखिएको छ ।
माओवादी नेता भण्डारीका अनुसार खडकाको पक्षमा जनमत बढ्दो अवस्थामा रहेको बताए । भण्डारी ले भने सप्तरी क्षेत्र नं. १ (क) बाट खडका निर्वाचित हुने र त्यसपछि यो क्षत्रको शिक्षा स्वास्थ्य कृषि, पशुपालन ,सहकारी , पर्यटनको विकाससंगै यस क्षेत्रको अन्य पूर्वाधारको विकासले गति लिने दाबी गरे ।






