फत्तेपुर/सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा एमाले जसपा बाट उम्मेदवार बनेका राज कुमार लेखीले बिगत ४० बर्ष देखि आफु उत्पीडित समुदायको उत्थानको लागि संघर्षरत रहेकाले यहाँका जनताले यसपालि आफू लाई विजयी गराउनेमा ढुक्क रहेको बताएका छ्न । नेपाल आदिवासी जनजाति महासंघका पुर्व केन्द्रिय अध्यक्ष समेत रहेका लेखिले शुक्रबार सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चौफालमा शुक्रबार आयोजित टोलभेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । टोलभेलालाई सम्बोधन गर्दै लेखीले उत्पीडित समुदायको लागि संघर्षरत रहेकोले आफूलाई जनताले मतदान गरेर विजयी बनाउनेमा विश्वास व्यक्त गरे । निस्वार्थ भावानाले पहिचान र अधिकारको लडाईमा निरन्तर सम्पुर्ण जीवन समर्पण गरे, लेखीले भने, आफुले समाजिक रुपान्तरण र परिवर्तनको लागि गरेको योगदानलाई जनताले मुल्यांकन गर्नेछन, सामाजिक न्याय र समनताको लडाईमा अझै संघर्षरत रहेको हुँदा जनताले विजयी बनाउनेमा ढुक्क छु । लेखीले क्षेत्रबासी मतदाताहरुको अबमुल्यण र शिर झुक्ने कुनै अनियमित कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफू निर्वाचित भएपछी जनताको समस्या र सुझाव लिन कम्तिमा ३ महिना टोलमा आउने छु, लेखीले भने, जनताको आबश्यक्ता अनुसार विकास निर्माणका कार्यलाई अगाडि बढाउने छु । विकास र अधिकारका लागि एमाले र जसपाले गरेको कार्यहरूको चर्चा गर्दै लेखीले देशको व्याप्त गरिबी,बेरोजगारी, बेतिथी अन्त्यका लागि एमाले-जसपाको सरकार गठन हुनुपर्ने आबश्यकता औल्याए । देशमा थोरै भएपनी शासन र प्रशासनमा दलित, मधेशी, थारु, आदिवासी जनजाति, मुश्लिम, महिलाको प्रतिनिधित्व गराउन आफु सफल भएको उल्लेख गर्दै लेखीले थप अधिकार सुनिश्चितताको लागि निर्णायक तहमा आफ्ना प्रतिनिधिलाई पठाउनु पर्नेमा जोड दिए । एमाले-जसपा अग्निसाईर कृष्णासवरन गाउँपालिका चुनावी परिचालन समिति वडा नम्बर २ का वडा संयोजक श्याम कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय युवा समाजसेवी भिम बहादुर राईले स्थानीय समस्याको बारे आफ्नो धाराणा राखे । टोल भेलामा एमालेका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटासहित एमाले जसपाका नेताकार्यकर्ता र चौफालबासीको उपस्थिति रहेको थियो ।

Facebook Comments Box