फत्तेपुर/मंसिर ४ गते हुने निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ (१) बाट प्रदेश शभा सदस्यका प्रत्येक्ष उमेद्वार बनेका राजकुमार लेखि लामो समयको संघर्षबाट उदाएका एक कुशल र पूर्णकालिन संगठक हुन् लेखि सप्तरी बदल्ने विभिन्न संकल्प सहित प्रदेश शभा सदस्य निर्वाचनको चुनावी मैदान मा होमिएका छ्न । आफु संग प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धी भन्दा फरक क्षमता भएका र विभिन्न आन्दोलनको नेतृत्व गर्दै आएका लेखि स्कुल मा पढ्दादेखि नै पञ्चायती व्यवस्था विरुद्ध विद्यार्थी संगठनमा आवद्ध भएर समाज रुपान्तरणको राजनीतिक अभियानमा होमिएका थिए। दशकौंदेखि समाज रुपान्तरणकै अभियानमा ईमान्दारीपूर्वक लागि रहेका लेखि २०४० साल मा ओद्राहा स्कुल बाट विद्यार्थी राजनीति बाट राजनीति जिबन शुरु गरि २०४८ साल मा नेकपा एमाले को सङ्गठित सदस्य भै पार्टीको विभिन्न जिम्मेवारी तहमा बसेर आफ्नो भुमिका निर्बाह गरि आदिबासि जनजाति महासंघको केन्द्रिय अध्यक्षको जिम्मेवारी सफलता पुर्बक समालिसकेका लेखिले आफु अध्यक्ष हुँदा आदिबासी जनजातिको हक अधिकार र उत्थानको लागि काम गरेर लोकप्रिय बनेका हुन।लामो समय देखि आदिबासि जनजातिको उत्थानकाको लागि काम गर्दै विभिन्न मोर्चा सम्माल्दै सामाजिक क्षेत्रमा काम गर्दै आएका लेखि असहाय , दुखी गरिब ,पीडित हरु हरुलाई न्याय दिलाउन सहयोग गर्दै आएका लेखि नेकपा एमाले का केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज हुन । पार्टी ले सप्तरी क्षेत्र न १ बाट प्रदेश शभा सदस्य को उम्मेदवार बनाए पछि चुनावी मैदानमा होमिएका लेखि आफ्ना प्रमुख एजेन्डा हरु भ्रष्टाचार मुक्त प्रदेश बनाउने सप्तरी एक न क्षेत्र को चौतर्फी बिकासको काम गर्ने समृद्ध समाज भ्रष्टाचार मुक्त प्रदेश सुशासन कायम गर्ने , कृषि मा प्रचुर सम्भावना भएको मधेस प्रदेशमा कृषिमा यान्त्रिकिकरण गरेर उत्पादन बढाउने, पर्यटकिय स्थानको पहिचान गरि दिगो विकास गर्ने , शिक्षामा पछाडिएको प्रदेश मा शैक्षिक सुधार गर्दै सरकारी बिधालयमा कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गरि स्वास्थ्य मा सुधार गर्ने।प्रदेश भरिका बेरोजगार युवाहरुलाइ रोजगार मुलक तालिम दिइ स्वरोजगारी बनाउने। शुसासन कायम गर्दै प्रदेश बाट अधिकतम् सेवा दिने व्यवस्था मिलाउने संकल्प सहितको प्रतिवद्धता जनाउदै दिनहुँ मतदाताहरुको घरघर मा पुग्ने गरेका छ्न ।
सप्तकोसी नगरपालिका वडा न ५ घर भएका एमालेका युवा नेता लेखि अवको नेतृत्व युवाले गर्न सके यो क्षेत्रमा समृद्धि छाउने बताउछन । सहिद दिलिप प्रतिठान को सन्स्थापक अध्यक्ष समेत रहेका लेखि ले दर्जनौं संघ सस्थाको सफल नेतृत्व गरिसकेका लेखि सप्तरी क्षेत्र न १ लागि अब्बल उम्मेदवार को रुपमा परिचित छ्न बिगत ४० बर्ष देखि विभिन्न संघ सस्थाको अग्रणी मोर्चामा रहि देश र जनताको सेबा गरि सकेका लेखि यसपालि प्रदेश शभा सदस्य पदमा निर्बाचित भए मधेस प्रदेशको मुख्यमन्त्री को दाबेदार समेत रहने स्थानीय एमाले कार्यकर्ता हरुको भनाइ छ।


• के के छ्न उम्मेदवार लेखिको अनुभव

(१) सहिद दिलिप प्रतिठान को सन्स्थापक अध्यक्ष, (२)जनहित प्राथमिक बिद्यालय गङ्गाजली को सन्सथापक,
(३)बिस्लेसन साप्ताहिक , जनमन्च साप्ताहिक , समकालीन साप्ताहिक मा सम्बादाता
(४) सहारा साप्ताहिक को सम्पादक,

(५)२०५५ साल मा नेकपा एमाले सप्तरी काठमाडौ सम्पर्क मन्च को अध्यक्ष, (६)एमाले जनबर्गिय सङठन लोकतान्त्रिक जनजाती आदिवासी जनजाती महासघ नेपाल को सन्स्थापक केन्द्रिय सचिबालय सदस्य
(७) नेकपा एमाले केन्द्रिय कमिटी को संघीय मामिला बिभाग सदस्य,
(८)नेकपा एमालेको जनसङ्गठ्न प्रजातान्त्रिक राष्ट्रिय युबा संघ नेपाल को केन्द्रिय प्रचार बिभाग सदस्य,
(९) २०६३ साल मा थारु कल्याणकारी सभा को केन्द्रिय महामन्त्री
(१०)२०६६ सालमा नेपाल आदिवासी जनजाती महासघ को केन्द्रिय अध्यक्ष भइ सफल नेतृत्व
(११) नेपालका विभिन्न ६८ जिल्ला को गाउँ बस्ति र सदरमुकाम पुगेर पार्टी सङ्गठ्नको अभियान मा सक्रिय
(१२) अन्तर्राष्ट्रिय स्तरमा जर्मनी , फ्रान्स , जापान , भिएतनाम, इन्डोनेसिया , फिलिपिन्स , सिङ्गापुर , युएई कतार , युसए , साउथ अफ्रिका लगायतका २२ वटा देश मा जनजाती नेता को रुपमा नेपालको तर्फबाट प्रतिनिधित्व गरि लामो समय देखि विभिन्न अग्रणी मोर्चामा रहि देश र जनताको सेबा गरि सकेका लेखि एमाले को जुजारु नेताको रुपमा परिचित छन ।
(१३) हाल नेकपा एमालेको केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज भै सफलता पुर्बक आफ्नो जिम्मेवारी सम्माल्दै आएको
• एमालेबाट लेखिको उम्मेदवारी किन ? “समृद्ध नेपाल शुखि नेपाली ” बनाउने नेकपा एमाले संकल्प अनुरुप नेकपा एमालेको तर्फबाट सप्तरी क्षेत्र न १( क) को प्रदेश सभा सदस्य उम्मेदवार बनेका लेखिले
प्रदेशमा रहेको अशिक्षा बेरोजगारी, भ्रष्टाचारको अन्त्य स्वास्थ्यको सेबाको भरपर्दो पहुँच नभएका ले यस क्षेत्रका जनता उपचार को लागि धरान बिराटनगर जानुपर्ने बाध्यताको अन्त्य कृषक लाइ समयमा मा मल खाध उपलब्ध गराइ जनताको आधारभुत आवश्यकतालाई परिपूर्ति गर्न मेरो गर्नको लागि यस क्षेत्रमा रहेका त्रियुगा नदि लगायत अन्य खहरेखोला नियन्त्रण गरि यहाँका जनताको धनजनको सुरक्षा गर्न कोशिटप्पुका बन्यजन्तु बाट हुने बालिनालिको क्षेति रोक्न र समग्र यस क्षेत्रको बिकासको लागि मेरो उम्मेदवारी रहेको लेखि ले बताए ।
समाज सेवा र राजनीतिमा जीवन अर्पण गरेका लेखि अहिले सप्तरी क्षेत्र नं १(क) बाट प्रदेश सभा सदस्यकालागी प्रत्यक्ष तर्फ निर्वाचनमा उम्मेदवारी दिएका छ्न। आफ्नो सम्पूर्ण जीवन देश र जनताको सेवामा समर्पित गरेका लेखिले आफुलाई विजयी गराउन अपिल गर्दै जनताको काममा सदैव लागिरहने प्रतिबद्धता ब्याक्त गरेका छ्न । लेखिले सप्तरीको समग्र विकासका लागि संघ प्रदेशसँग समन्वयकारी भूमिका निर्वाह गरेर विकास गर्ने प्रतिवद्धता समेत जनाएका छ्न ।

Facebook Comments Box