फत्तेपुर/ सप्तरीका वरिष्ठ समाजसेवी एवं दानवीर जोगेन्द्र भगतले आफ्नो सम्पुर्ण सम्पत्ति सामाजिक कार्यमा लगानी गरि जनताको सेवा गर्ने बताएका छ्न। मङ्सिर ४ गते हुने प्रदेश शभा निर्वाचनको लागि सप्तरी क्षत्र न ३ (क) बाट नेकपा एमाले बाट प्रदेश सभा सदस्यमा उम्मेदवार दिएका सप्तरी का समाजसेवी जोगेन्द्र भगत आफ्ना चुनावी एजेन्डा सहित चुनावी मैदान मा उत्रिएका छ्न भगतले मतदाताहरु समक्ष आफ्नो सम्पुर्ण सम्पत्ति सामाजिक कार्यमा लगानी गरि यस क्षेत्रको बिकास गर्ने बताएका छ्न । लामो समयदेखी सप्तरीमा समाजसेवामा संलग्न रहेका भगत नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति समेत रहेका छ्न। भगत विगत बिगत तीन दशकदेखी नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीको सभापतीको जिम्मेवारी बहन गर्दै सप्तरी मा विभिन्न सामाजिक पुन्यका काम गर्दै आएका छन् । प्रदेश सभाको उम्मेदवार बनेका भगतले सप्तरीको बिभिन स्थान मा आफ्नो ब्याक्तिगत लगानीमा थुप्रै सामाजिक कामहरु गरेका छ्न। • एमाले बाट भगतको उम्मेदवारी किन
ब्यक्तिगत लगानी बाट सप्तरीको विभिन्न ठाउँ बिसुद्ध सामाजिक कार्य गर्दै आएका भगत एमाले बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेर बिजय प्राप्त गरि एमालेले बोकेको संकल्प ” समृद्ध नेपाल शुखि नेपालि” पुरा गर्दै मधेस प्रदेश मा मौलाउदै गएको भ्रष्टाचार को अन्त्य यस क्षेत्रमा रहेको अशिक्षा बेरोजगारी समस्याको अन्त्य प्रयाप्त स्वास्थ्यको सेबाको अभाव अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता को अन्त्य गर्दै रुपनि मा रहेको प्रदेश स्तरीय प्रहरी अस्पताल लाइ स्तर वृद्धि गरि ५ सय बेड अस्पताल बनाइ प्रहरी एबम सर्वसाधारण निशुल्क स्वास्थ्य सेबा प्रधान गर्ने राम्रो स्वास्थ्य सेबा लिनको लागि धरान बिराटनगर जानुपर्ने बाध्यताको अन्त्य गर्ने , यस क्षेत्रका विद्यार्थीहरुला कक्षा १२ सम्म निशुल्क शिक्षा को जोड दिने शम्भुनाथ मा आफुले स्थापना गरेको नेपाल एपीएफ ठाकोदेबि जोगेन्द्र भगत स्कुल लाइ स्तरोन्नति गरि शसस्त्र प्रहरी लगायत सर्वसाधारण विद्यार्थीहरुलाइ निशुल्क शिक्षा प्रधान गर्ने । कृषि को लागि राम्रो सम्भावना भएको यस क्षेत्रका समस्या मा आवश्यक सिचाइ, मल खाध उन्नत जातको बिउबिजन समयमा उपलब्ध गराइ कृषि पेसालाइ मर्यादित र कृषि मा आत्मनिर्भर बनाउने ,यहाँका जनताको आधारभुत आवश्यकतालाई परिपूर्ति यस क्षेत्रको समग्र बिकासका लागि मेरो उम्मेदवारी रहेको भगतले बताए ।यहाँको बेरोजगारी समस्याको अन्त्य गर्नको लागि यहाँका युवायुवती हरुलाइ आत्मनिर्भर बनाउन युवास्वरोजगार मुलक कार्यक्रमहरु ल्याइ बेरोजगारी समस्या को अन्त्य गर्ने को लागि मेरो उम्मेदवारी रहेको भगतले बताए।

# सामाजिक क्षेत्रमा भगतको योगदान के छ
समाज सेवामा जीवन अर्पण गरेका भगतले सप्तरी मा श्री ठाकोदेबि जोगेन्द्र भगत सेवा ट्रस स्थापना गरि सप्तरीको विभिन्न स्थान मा शिक्षा ,स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आएका छ्न ।
(१) सप्तरीको राजबिराज मा राजदेबि ठाकोदेबि जोगेन्द्र भगत मा बि २०४० साल मा सम्पुर्ण भौतिक पुर्बधार निर्माण (२) शम्भुनाथमा नेपाल एपीएफ ठाकोदेबि जोगेन्द्र स्कुल स्थापन गरि सन्चालन मा आएको । (३) रुपनिमा ठाकोदेबि जोगेन्द्र भगत मधेस प्रदेश प्रहरी अस्पताल निर्माण भइ सन्चालन मा आएको। (४) भगतकै पहलमा नेपाल रेडक्रस भवन निर्माण भइ सन्चालन मा आएको। (५) राजबिराज मा ठाकोदेबि जोगेन्द्र भगत लायन्स क्लब इएनटि अस्पताल भवन निर्माणको लागि जग्गा उपलब्ध गराएको। (६) कठौनामा हिन्दि साहित्य भवन निर्माणको लागि ३ कठा जग्गा दान गरेको । आफ्नो सम्पूर्ण जीवन देश र जनताको सेवामा समर्पित गरेका भगतले आफ्नो सम्पुर्ण सम्पत्ति ट्रस मार्फत सामाजिक लगाउने र आफ्नो शेषपछि निजि निबासलाइ धर्मशाला मा परिणत गर्ने समेत घोषणा गरेका भगतले निकट भबिस्यमा ट्रस मार्फत एम्बुलेन्स सेबा सन्चालन गरि रुपनि, शम्भुनाथ ,बिष्णुपुर लगायतका जनता लाइ सेबा दिने बताए । ब्यक्तिगत लगानिमा सामाजिक कार्य गर्दै सप्तरी मा वरिष्ठ दानबिर उपाधि पाएका भगत राजनीति लाइ पनि समाजसेवा नै ठान्छ्न आफ्नो जीवनको उत्तरार्धमा एकपटक जनताको प्रतिनिधि भइ जनताको सेवा गर्ने उद्धेश्यले आफु उम्मेदवार बनेको ले ३ न क्षेत्रका लाइ विजयी गराउन अपिल गर्दै मतदाताको घरदैलो मा दिनहुुँ जाने गरेका छ्न।जनताको काममा सदैव लागिरहने भगतले सप्तरीको समग्र विकासका लागि संघ प्रदेशसँग समन्वयकारी भूमिका निर्वाह गरेर विकास गर्ने प्रतिवद्धता समेत जनाएका छ्न ।

Facebook Comments Box