प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार यादव को जनमत बढ्दै:- घरदैलो लाइ तिब्रता



फत्तेपुर/सप्तरी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इन्जिनियर कबिन्द्र यादवको पक्षमा जनमत दिनप्रतिदिन बढ्न थालेको छ । इन्जिनियर कबिन्द्र यादव ले सप्तरी क्षेत्र न १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएसंगै चुनावी मैदानमा होमिएका यादव लाइ माओवादी, एमाले,जसपा ,लोसपा,जनमत का असन्तुष्ट कार्यकर्ता लगायत स्वतन्त्र युवा पुस्ताको साथ र समर्थन रहेको छ। असन्तुष्ट कार्यकर्ताहरुको समर्थक सहितको जनमत दिनप्रतिदिन बढेको ले यादबले जित्ने दाबि गरेका छ्न। सप्तरी तिरहुत गाउँपालिका–४ डिमन घर भएका युवा इन्जिनियर कविन्द्र यादवले सप्तरीको क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेदवारी दिएका छ्न । इन्जियरिङ पेसामा रहनु भएका यादव सप्तरी–१ का जनताको सेवा गर्न चुनावी मैदानमा उत्रिएको बताउछ्न ।

२०३७ सालमा डिमनको ग्रामिण भेगमा जन्मिएका यादव राजनीतिमा पढे लेखेका युवा आउनु पर्छ भन्ने मान्यताले उम्मेदवारी दिएको बताउदै आफ्ना बिकासका एजेन्डा सहित मतदाताको घरदैलो मा दिनहुुँ पुग्ने गरेका छ्न । यादवले सन् २००४ मा इलेक्ट्रोनिक्स कम्युनिकेशन इन्जिनियरिङमा भारतको मध्य प्रदेशस्थित माैलाना आजाद प्राद्याेगिक विश्वविद्यालयबाट वि.ई. गर्नु गरेका छन । चाइनाको नान्छाङ विश्वविद्यालयबाट सन् २०१८ मा एमविए गरेका यादव सप्तरी क्षेत्र न १ बाट प्रतिनिधि सभाको निर्वाचन प्रतिस्पर्धा रहेका अन्य उम्मेदवारहरु भन्दा शिक्षित कुनै पनि दलको ट्याग नलागेका स्वतन्त्र युवा उम्मेदवार को रुप मा परिचीत छ्न ।
पिता सर्बोच्चको पुर्ब न्यायाधीश भएकाले पीताको जनसम्पर्क र न्याय क्षेत्रमा भएको योगदानले कविन्द्र पनि हरेक क्षेत्रमा चिनिएका छ्न । यादवले आफ्नो क्षेत्रमा गुणस्तरिय शिक्षा, उच्चस्तरिय स्वास्थ्य सेवा, सडक, सिचाई, विजुली र स्थानीय स्तरमा जनताका सानातिना समस्यालाई मुल एजेण्डा बनाएर जनता माझ जाने गरेका छ्न । चन्द्र नहरको स्तरोन्नती, ग्रामिण भेगमा पिच सडक, सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन, महिलाहरुको सुरक्षाजस्ता विषय यादवको प्राथमिकतामा रहेका छन् ।
चाइनाको ज्याङसी प्रान्तकी भेटनरी डाक्टर सुई सियोङसँग विवहा गरेका यादवका ससुरा ज्याङसी प्रान्तका सांसद छ्न । स्व पीताको सम्बन्ध र उहाँले बनाएको सम्बन्धले केन्द्रीय सरकारसँग रहेका कर्मचारी, सचिवहरुसँग पनि राम्रै सम्बन्ध विस्तार गरेकाले आफुले जिते पछि यहाँ बजेट ल्याउन समस्या नहुने उनको भनाई छ । चाइनाबाट मधेश प्रदेशमा सोझो सम्पर्क गरि विकासमा साझेदारमा काम गर्न सकिने यादव बताउछ्न ।
राजनीतिक दलहरुले मधेशका जनताहरुका लागि कुनै लोकप्रिय र उनीहरुको आर्थिक, सामाजिक राजनीतिक उन्नती हुने कुनै काम नगरेकाले आफु राजनीतिक मैदानमा आएको बताउछ्न । पैसा बाढेर र जनतालाई मासु चिउरा खुवाएर हैन जनताको मन जितेर चुनाव जिति यस क्षेत्रको कायपलट गर्ने धोको भएको यादब बताउछ्न। सप्तरी–१ का जनताको आग्रहमा आफु उम्मेद्वार भएकाले जनताले आफुलाई विजयी गराउने मा यादव ढुक्क छ्न। सप्तरीको ५ वटा पालिका सप्तकोसी,कन्चरुप र अग्निसाइर कृष्णसर्वण ,तिरहुत,हनुमाननगर कंकालिनि लाइ समेटेर प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा रहेका मतदाताहरुको उत्साहजनक समर्थन पाएपछि यादब आफ्नो चुनावी अभियानलाई तिब्र रुपमा अघि बढाउदै दिनँहु घरदैलो र चुनावी सभा समेत गरिरहेका छन् ।





