फत्तेपुर/जसपा-एमालेद्वारा राजविराजमा बुधबार शक्ति प्रदर्शन गरेका छ्न । सप्तरी क्षेत्र न २ का एमाले-जसपाका प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका साझा उम्मेदवारसहित बृहत शक्ति प्रर्दशन सहित चुनावी सभा गरेका हुन । जसपा- एमालेद्वारा संयुक्त रुपमा आयोजना गरिएको विशाल शक्ति प्रदर्शन र्यालीमा सप्तरी क्षेत्र नं. २ का प्रतिनिसभ सभा सदस्यका साझा उमेदवार तथा जसपाका केन्द्रिय उपेन्द्र यादव, प्रदेश सभा(क) का उम्मेदवार शैलेन्द्र प्रसाद साह र प्रदेश सभा (ख) का उम्मेदवार लक्षमण यादवसहित हजारौंको संख्यामा सहभागी थिए। राजविराज स्थित राजरंगशालाबाट निस्किएको र्याली रुपनी रोड, मेनरोड, गजेन्द्र चौक, जनआन्दोलनचौक, अदालत रोड गजेन्द्र चौकहुदै नगरपालिका रोड परिक्रमा गर्दै निकालिएको र्यालीमा सप्तरी क्षेत्र नंं २ अन्तर्गत पर्ने राजविराज नगरपालिका,छिन्नमस्ता गाउँपालिका, महदेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका गरि २० औं हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरुले जसपा-एमाले उम्मेदवारको पक्षमा जोडदार नारा लगाउदै पुनः राजरंगशालामा पुगेर विशाल जनसभामा परिणत भएको थियो । एमाले जसपाका उम्मेदवारलाई जिताउन हजारौंको संख्यामा जसपा-एमाले नेता कार्यकर्ता र्यालीमा सहभागी भएको जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए । र्यालीमा नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेल, जसपाका केन्द्रिय कार्यकारीणि समिती सदस्य मृगेन्द्र सिंह यादव,जसपाका राष्ट्रिय प्रबक्ता मनिस सुमन, एमाले केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटा, केन्द्रिय सदस्य एवं सह ईन्चार्ज सरिता गिरि, जसपाका राजनीति समिती सदस्यहरु केन्द्रिय सदस्यहरु लगायतका गरि दुबैदलका नेताकार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो

Facebook Comments Box