फत्तेपुर/ मङ्सिर १ गते राती १२ बजे बाट स्थिर समय शुरु कुनै पनि प्रकारको चुनाव प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारहरुले मङ्सिर १ गते १२ बजे रातिदेखि चुनाव प्रचारप्रसार गर्न नपाउने भएका छन् । मङ्सिर ४ गते हुने निर्वाचनको मतदानको ४८ घण्टा अघिदेखि उम्मेदवारहरुले निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचारप्रसार सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
मङ्सिर १ गते राति १२ बजे बाट चुनावी प्रचारप्रसारका सबै काम निषेध हुन्छ, केही गर्न नपाइने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । आयोगले दलहरु का उम्मेदवारलाई प्रचारप्रसारको लागि १७ दिनको समय दिएको थियो ।
यस अघिका निर्वाचनमा मतदानको ४८ घण्टाअघिको समयलाई मौन अवधि भनिएको थियो । तर यसपटक मौन अवधिलाई आयोगले हटाएको छ । ‘मौन अवधि भन्ने कानुनमा नपरेको ले यसलाई स्थिर समय भन्न उचित हुन्छ,’ भण्डारीले भने ।
स्थिर समयमा निर्वाचन आचारसंहिता उल्लंघन हुन सक्ने भएकाले आयोगले स्थानीय प्रशासनलाई सुक्ष्म निगरानी गर्न भनेको छ ।

Facebook Comments Box