फत्तेपुर/मङ्सिर ४ गते हुने निर्वाचनमा सप्तरी क्षत्र न १ का प्रतिनिधि सदस्य का उम्मेदवार नबलकिशोर शाह ले यस क्षेत्रबाट आफुले जिते खाद्यमलको उद्योग सन्चालनगरि कृषकलाइ खाद्यमलको समस्या बाट मुक्त गराउने बताएका छन। सप्तरी क्षेत्र नं. १ का कृषकहरुको जिवन स्तर उकास्न र किसानहरुलाई खाद्यमल अभावलाई पूर्ति गर्न खाद्यमलको उद्योग सन्चालनको लागि पहल गरि उद्योग सन्चालन गर्ने बताएका छ्न।
मधेश प्रदेशको सामाजिक विकास मंत्री समेत रहेका शाहले आफु मन्त्री हुँदा सप्तरीमा लोकप्रिय काम गरेका शाहले सप्तरकिो क्षेत्र नं. १ को हनुमाननगर कंकालिनी नपाको भारदह अस्पताललाई सात करौड खर्च गरी जिल्ला स्तरीय अस्पतालको रुपमा परिणत गर्दै राजविराज स्थित कृषि विश्वविद्यालयको स्थापना गर्न ५१ विगाहा जग्गा लोहजारा देखि उत्तर तिर बन विभाग द्वारा माँग गरेको छु र सो जग्गा उपलब्ध पश्चात निर्माण कार्य पूरा हुने बताउँदै नेता साहले जनकपुरमा नेपालकै ठूलो स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको बताउँनु भयो ।


मैले मंत्री रहँदा सप्तरीको १ नं. क्षेत्रका जनताको अपेक्षा अनुसार व्यापक विकास कार्यहरु गरेको बताउँदै यस क्षेत्रका जनताले पूनः जिताएपछि क्षेत्रको मुहार नै परिवर्तन गर्ने बताएका छ्न ।शाह आफुले क्षेत्र न १ को समग्र बिकास को लागि उम्मेदवारी दिएको बताएका छ्न।

Facebook Comments Box