सप्तरी क्षेत्र न १ मा ५८ प्रतिशत मत खस्यो



फत्तेपुर/सप्तरी निर्वाचन क्षेत्र न १ मा अहिलेसम्म करिब ५८ प्रतिशत मत खसेको छ। दिउँसो ३:३० बजेसम्म ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार सप्तरी निर्वाचन क्षेत्र न १ मा अहिलेसम्म सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको छ।
एक प्रतिनिधिसभा र दुई प्रदेश सभा रहेको क्षेत्र न १ मा प्रतिनिधि सभामा १ लाख २३ हजार मतदाता र प्रदेश सभा १ (क) मा ६० हजार ७ सय ७७ जना मतदाता रहेका छन्। जिल्लाको १८ पालिकामा १ सय ४४ बुथमा अहिले शान्ति पुर्ण मतदान भइरहेको निर्वाचन अधिकृतकको कार्यालय कंचनपुर ले जनाएको छ।

Facebook Comments Box

