सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा ६६ प्रतिशत मत खस्यो



फत्तेपुर /सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा ६६ प्रतिशत मत खसेको छ ।
क्षेत्र नम्बर १ मा कुल १ लाख १३ हजार १ सय ९५ मतदाता रहेकोमा ७५ हजार १ सय ८८ मत खसेको छ । यो कूल मतको ६६ प्रतिशत हो ।
सप्तरी जिल्ला भरीमा करिब ६२ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा सम्पन्न मतदानमा ६२ प्रतिशत मत खसेको हो ।
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ जना मतदाता छन् ।
अहिले मतदान केन्द्रहरूबाट मतगणना स्थलसम्म मतपेटिका लैजाने काम भइरहेको जनाइएको छ ।
सप्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रका मतपेटिका सम्वन्धित मतगणना स्थलमा प्राप्त भैईसकेको छ। सप्तरी निर्वाचन क्षेत्र नं २ मा मतगणनाको लागि सर्वदलीय बैठक शुरु भईसकेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाको छ ।
Facebook Comments Box

