सप्तरी क्षेत्र नं १को प्रतिनिधि सभा मा एमाले जसपाका शाहको अग्रता



फत्तेपुर/सप्तरी क्षेत्र नं १ प्रतिनिधि सभाको पछिल्लो मतगणनाको परिणाम अनुसार एमाले जसपाका उम्मेदवार नवलकिशोर शाह ले ५सय ४ मतले अग्रता लिएका छ्न। कृष्णसाइर नपा र कन्चरुप नपा वडा नं. १ को गरि जम्मा १२ हजार ५ सय ३१ मत गणना गर्दा शाहले अग्रता लिएका छ्न ।एमाले जसपा उम्मेदवार शाहाको ३८ सय ८६ मत ल्याएर अगाडि छ्न भने लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार राबदेब शाह ३३ सय ८२ मतका साथ पच्छाइरहेका छ्न । छ । यस्तै, हरन चुनाव चिह्नका जनमत पार्टीका जयकान्त राउत २५ सय ३५ मत ल्यार तेस्रो स्थनमा पछ्याउँदै आएका छ्न। कुल १ लाख १३ हजार १ सय ९५ मतदाता रहेको मा क्षेत्र न १ मा प्रतिनिधि सभा मा जम्मा ७५ हजार १ सय ८८ खसेको थियो।
क्षेत्र न १ को प्रदेशसभा तर्फको मत गणना २ बजे हुने भनियता पनि ३:३० बजे शुरु गरिने निर्वाचन अधिकृतको कार्यलय कंचनपुर ले जनाएको छ।

