सप्तरी क्षेत्र न १ (क) मा राजकुमार लेखि १ (ख) मा सकिल मियाँको अग्रता



फत्तेपुर/ सप्तरी १ मा बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बेचन प्रसाद चौधरीलाइ पछाडि पार्दै राजकुमार लेखिले अग्रता लिएका छ्न । सप्तरीको क्षेत्र न १( क)प्रदेश सभा सदस्य जसपा-एमालेका का उम्मेदवार राजकुमार लेखीले ८ सय १ मतले माओवादीका बेचन प्रसाद चौधरीलाइ पछाडि पारेका छ्न । अग्निसाईर कृष्णासवरन गाउँपालिकाको अन्तिम मतपरिणाम आउदासम्म एमाले-जसपाका उम्मेदवार लेखीले ४ हजार ६ सय ५५ मत प्राप्त गरे। बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चौधरीले ३ हजार ८ सय ५४ मत प्राप्त गरे । लेखी निकटतम प्रतिद्वन्द्वी भन्दा ८ सय १ मतले अग्रस्थानमा छ्न । यसैगरी जनमत पार्टीका शिवनन्दन मेहताले ३ हजार ९ सय ७९ मत प्राप्त गरे । अग्निसाईर कृष्णासवरन गाउँपालिकामा १२ हजार ३ सय ५७ मत खसेको थियो । यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (ख) मा जनमत पार्टी
का उम्मेदवार सकिल मियाँले ४ हजार ७ सय २३, बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बद्री नारायण महरान यादवले ३ हजार २ सय ९ मत प्राप्त गरे । यस्तै जसपा-एमालेका साझा उम्मेदवार सुदम्बर यादवले ३ हजार ६५ मत प्राप्त गरे ।

