फत्तेपुर /सप्तरी क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदको पछिल्लो मतगणनाको परिणाम अनुसार एमाले जसपाका उम्मेदवार नवलकिशोर शाह ले अग्रता फराकिलो बनाउदै गएका छ्न। २९ हजार १सय ८९ मत गणना गर्दा शाहले १ हजार ८ सय ९५ मतको फराकिलो अग्रता लिएका छ्न। एमाले जसपाका उम्मेदवार शाहाको ९ हजार १ सय ५६ मत ल्याएर अगाडि छ्न भने जनमत का उम्मेदवार जयकान्त राउतले ७ हजार २ सय ६१ मत ल्याइ शाह लाइ पच्छाइ रहेका छ्न । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार राबदेब शाह ६ हजार ५ सय ३६ मतका साथ तेस्रो स्थान मा झरेका छ्न। कुल १ लाख १३ हजार १ सय ९५ मतदाता रहेको मा क्षेत्र न १ मा प्रतिनिधि सभा मा जम्मा ७५ हजार १ सय ८८ मत खसेको थियो।
क्षेत्र न १ को प्रदेशसभा तर्फको एमाले जसपाका उम्मेदवार राजकुमार लेखिले ५ हजार १ सय ५५ मत प्राप्त गरेका छ्न भने लोकतान्त्रिक बाम गठबन्धन का उम्मेदवार बेचन प्रसाद शाहले ४ हजार १ सय ५५ मत प्राप्त गरि लेखि लाइ पच्छाइरहेका छ्न

Facebook Comments Box