फत्तेपुर / सप्तरी निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत ( सिके राउत) विजयी भएका छ्न । सप्तरी क्षेत्र न २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । डा. राउतले ३५ हजार ४२ मत ल्याएर विजयी भएभने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरे । यसैगरी बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४४ मत प्राप्त गरेका छ्न । यसअघि जनमत पार्टीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ क मा सतिश कुमार सिंह, (ख) मा महेश प्रसाद यादव र क्षेत्र ३ (ख) मा शम्भु कुमार साह विजयी भएका छ्न । जनमत पार्टीले सप्तरीमा १ प्रतिनिधिसभा ३ प्रदेश सभामा विजयी हासिल गरेका छ्न ।

Facebook Comments Box