फत्तेपुर /सप्तरी क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदको पछिल्लो मतगणनाको परिणाम अनुसार एमाले जसपाका उम्मेदवार नवलकिशोर शाह ले ४ हजार २ सय ७८ मत र प्रदेश सभामा राजकुमार लेखी ३ हजार ३६ मतको फराकिलो अग्रता बनाउदै गएका छ्न। प्रतिनिधि सभाको ५० हजार ६सय २६ मत गणना गर्दा शाहले ४ हजार २ सय ७८ मतको फराकिलो अग्रता लिएका छ्न ।
एमाले जसपा उम्मेदवार शाहा १५ हजार ७ सय ८४ मत ल्याएर अगाडि छ्न भने लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार राबदेब शाह ११ हजार ५ सय ६ मत ल्याइ शाहलाई पछ्याइरहेका छ्न। जनमत का उम्मेदवार जयकान्त राउत ११ हजार ३ सय ३५ मत ल्याइ तेस्रो स्थान मा झरेका छ्न। कुल १ लाख १३ हजार १ सय ९५ मतदाता रहेको मा क्षेत्र न १ मा प्रतिनिधि सभा मा जम्मा ७५ हजार १ सय ८८ मत खसेको थियो।


क्षेत्र न १ को प्रदेशसभा तर्फको एमाले जसपाका उम्मेदवार राजकुमार लेखिले १० हजार ९ सय १ मत प्राप्त गरि ३ हजार ३६ मतान्तरले जनमतका शिबनन्दन महतोलाइ पछाडी पार्दै अग्रस्थानमा छ्न । जनमत पार्टी का शिबनन्दन महतो ले ७ हजार ८ सय ६५ मत प्राप्त गरेका छ्न। लोकतान्त्रिक बाम गठबन्धन का उम्मेदवार बेचन प्रसाद चौधरी ५ हजार ५ सय ४४ मत प्राप्त गरि तेस्रो स्थानमा छ्न स्वतन्त्र उम्मेदवार शम्भु बहादुर खडका २ हजार ३३ मत सहित चौथो स्थान मा छ्न।

Facebook Comments Box