सप्तरी क्षेत्र न १ (क) को प्रदेश सभामा सदस्य पदमा एमाले जसपाका उम्मेदवार लेखी विजयी



फत्तेपुर / सप्तरी निर्वाचन क्षेत्र नम्बर १( क) को प्रदेश सभा सदस्य पद मा एमाले जसपाका उम्मेदवार राजकुमार लेखी विजयी भएका छ्न । एमाले जसपाको सझा उम्मेदवार को रुपमा प्रदेश सभा सदस्य पदमा उम्मेदवार बनेका लेखीले जनमतका शिबनन्दन मेहता लाइ ५ हजार १ सय ९८ मतको मतान्तरले पराजित गर्दै विजयी भएका हुन । एमालेको केन्द्रिय सदस्य राजकुमार लेखिले १४ हजार २ सय ९१ मत ल्याइ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी मेहताले ९ हजार ९३ मत प्राप्त गरे । यसैगरी बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादीका बेचन प्रसाद चौधरीले ७ हजार ५ सय ७२ मतका साथ तेस्रो स्थानमा छ्न।

प्रतिनिधि सभा तर्फको ५९ हजार १४ मत गणना हुँदा एमाले जसपाका उम्मेदवार नवलकिशोर शाह २ हजार ९ सय १४ मतले जनमतका उम्मेदवार जयकान्त राउत भन्दा अगाडि छ्न ।एमाले जसपाका उम्मेदवार नवलकिशोर शाहको १७ हजार ८ सय ३४ मत जनमतका उम्मेदवार जयकान्त राउत १४ हजार ८ सय ८७ मत ल्याइ शाहलाइ पछ्याउँदै गरेका छ्न भने लोकतान्त्रिक बाम गठबन्धन काङ्ग्रेस का उम्मेदवार रामदेव शाह १२ हजार ५ सय ९३ मत सहित तेस्रो स्थानमा छ्न ।




