फत्तेपुर / सप्तरी निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पद मा एमाले जसपाका उम्मेदवार नवलकिशोर शाह विजयी भएका छ्न । सप्तरी क्षेत्र न १ प्रतिनिधि सभा सदस्य पदमा एमाले जसपा नेपालाको साझा उम्मेदवार को रुपमा रहेका जसपा नेपालका केन्द्रिय कार्यकारिणि सदस्य तथा मधेस प्रदेशका सामाजिक बिकास मन्त्री समेत रहेका नवलकिशोर शाहले जनमत पार्टीका जयकान्त राउतलाइ ३ हजार ५ सय ७२ मतको मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका हुन । सप्तरी क्षेत्र न १ निर्वाचन अधिकृत घनेन्द्र अधिकारी का अनुसार नवलकिशोर शाहले २३ हजार ५ सय ६४ मत ल्याइ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९ सय ९२ मत प्राप्त गरे । यसैगरी बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राबदेब शाहले १४ हजार ३ सय १२ मतका साथ तेस्रो भएका छ्न। सप्तरीको ४ नगरपालिका १ गाउपालिका गरि ५ वटा पालिका रहेको १ न क्षेत्रमा कुल १ लाख १३ हजार १ सय ९५ मतदाता रहेको मा ७५ हजार १ सय ८८ मत खसेको निर्वाचन अधिकृत को कार्यलय कंचनपुरले जनाएको छ ।

एक प्रतिनिधि सभा र दुइ प्रदेश सभा रहेको क्षेत्र न १ का निर्बाचित प्रतिनिधि सभा र दुइ प्रदेश सभा सदस्य लाइ आजै निर्वाचन अधिकृतको कार्यलय ले निर्बाचित भएको प्रमाणपत्र बितरण गरेको छ।

Facebook Comments Box