सप्तरीमा ३ वटा निर्वाचन क्षेत्रको प्रत्येक्षतर्फको मतगणना सम्पन्न क्षेत्र न ४ को मतगणना जारि



सप्तकोसी /सप्तरी जिल्लाको ४ वटा निर्वाचन क्षेत्र मध्य ३ वटा निर्वाचन क्षेत्रको प्रत्येक्षतर्फको मतगणना सम्पन्न भएको छ् भने क्षेत्र नम्बर ४ को मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलय राजबिराजका अनुसार प्रत्येक्षतर्फको मतगणना सम्पन्न भएका ३ निर्वाचन क्षेत्र बाट प्रदेश सभातर्फ जनमत ४ र एमाले, काँग्रेस, एस र स्वतन्त्र एक-एक प्रतिनिधिसभामा जसपा, जनमत र कांग्रेस एक-एक स्थानमा विजयी भएका छ्न । सप्तरी क्षेत्र न १ बाट प्रतिनिधिसभा सदस्य पदमा एमाले-जसपाका साझा उम्मेदवार जसपाका नबलकिशोर साहले २३ हजार ५ सय ६४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९ सय ९२ मात प्राप्त गरे । जसपाका केन्द्रिय कार्यकारिणी सदस्य एवम मधेश प्रदेशका सामाजिक विकास मन्त्री साह ३ हजार ५ सय ७२ मतान्तरले विजयी भए । यसैगरी तेश्रो स्थानका बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामदेव साह तेलिले १४ हजार ३ सय १२ मत प्राप्त गरे । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले ३५ हजार ४२ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा राउत १८ हजार ६३ मतान्तरले विजयी भए । यसैगरी क्षेत्र नम्बर ३ मा बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार काँग्रेसका दिनेश कुमार यादवले २६ हजार १ सय ६६ मत प्राप्त गरि विजयी भए भने निकटतम प्रतिद्वन्द्वी एमाले-जसपाका साझा उम्मेदवार एमालेका पुर्व संविधानसभा सदस्य तारकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा यादव ३ हजार ८ सय ६६ मतान्तरले विजयी भए । यसैगरी प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (क) मा एमाले-जसपाका साझा उम्मेदवार एमालेका राज कुमार लेखीले १४ हजार २ सय ९१ मत ल्याएर विजयी भएभने उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले ९ हजार ९३ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा लेखी ५ हजार १ सय ९८ मतले विजयी भए । यसैगरी (ख) बाट जनमत पार्टीका सकिल मियाँले १६ हजार १ सय ६० मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले-जसपाका उम्मेदवार सुदम्बर यादवले ९ हजार ९ सय ८८ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा मियाँ ६ हजार १ सय ७२ मतान्तरले विजयी भए । यसैगरी सप्तरी २ (क) बाट जनमत पार्टीका सतिष कुमार सिहले १६ हजार ७ सय ३४ मत प्राप्त गरि विजयी भएभने निकटतम प्रतिद्वन्द्वी एमाले-जसपाका साझा उम्मेदवार मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा सिंहले ८ हजार २ सय ९२ मतान्तरले विजयी भए । यसैगरी (ख) जनमत पार्टीका महेश प्रसाद यादवले १३ हजार ३ सय २५ मत ल्याएर विजयी भएभने बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पुर्व सिंचाइ मन्त्री उमेश कुमार यादवले ७ हजार २३ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा यादवले ६ हजार ३ सय २ मतान्तरले विजयी भए । यसैगरी क्षेत्र ३ (क) बाट बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मो.समिमले १० हजार ६ सय ३० मत ल्याएर विजयी भए भने निकटम प्रतिद्वन्दी जनमत पार्टीका रामप्रसाद मण्डलले ८ हजार ५ सय ३८ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा समिम २ हजार ९२ मतान्तरले विजयी भए । यसैगरी (ख) बाट जनमतका शम्भु कुमार साहले १० हजार ८ सय ६२ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्दी एमाले-जसपाका उम्मेदवार जसपाका विदेश्वर प्रसाद यादव विक्कीले १० हजार ८ सय १४ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा साह ४८ मतान्तरले विजयी भए । यस्तै क्षेत्र नम्बर ४ (क)बाट बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एकीकृत समाजवादी पार्टीका गोविन्द बहादुर न्यौपानेले ११ हजार ४ सय २९ मत ल्याएर विजयी भएभने जनमत पार्टीका नरेन्द्र पासवानले ५ हजार ५ सय ५८ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा न्यौपाने ५ हजार ८ सय ७१ मतान्तरले विजयी भए । यसैगरी (ख) बाट स्वतन्त्र उम्मेदवार अनिरुद्व प्रसाद सिंह यादवले ९ हजार ९ सय ८५ मत ल्याएर विजयी भएभने उनका निकटतम प्रतिद्वन्द्वी एमाले-जसपाका साझा उम्मेदवार जसपाका अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा जसपाका बागी उम्मेदवार यादवले २ हजार ६५ मतान्तरले विजयी भए । चारवटा प्रतिनिधिसभा र आठ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सप्तरीमा ३ प्रतिनिधिसभा तथा ८ प्रदेश सभाको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ भने क्षेत्र ४ को प्रतिनिधिसभाको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार काँग्रेसका तेजुलाल चौधरीले ११ हजार ३ सय मत प्राप्त गरि अग्रस्थानमा छ्न । उनलाई एमाले-जसपाका साझा उम्मेदवार जसपाका वालकिशोर यादवले ९ हजार मत ल्याएर पछाईरहेका छ्न । चौधरी २ हजार ३ सय ८६ मतान्तरले यादवभन्दा अगाडी छ्न । समानुपातिक तर्फबाटको चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

