सप्तरीको एक कृषि फर्ममा आगलागी हुँदा ३ लाख बराबरको क्षति



सप्तकोसी /सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ खुदिबखारी सखडा सडक खण्ड स्थित रहेको गाेविन्दा कृषि तथा पशुपंक्षी फर्ममा आगाे लागेको छ ।
शुक्रबार साँझ करिब ६ : २५ बजे फर्ममा काेहि नभएको बेला अचानक आगलागी भएको हाे । आगाे स्थानीयवासी र इलाका प्रहरी कार्यालय सखडाकाे टाेली मिलेर निभाउन सफल भएका हुन ।
उक्त आगलागीबाट ३५/३५ फिटकाे दुईवटा घर, १५ बाेरा कुखुराको दाना, ५३ वटा दाना खुवाउने डिवा, ७५ थान स्टेन, २७ वटा कुखुरा, तार वाईरिंग सहित करिब ३ लाख भन्दा बढी मुल्य बराबरको क्षति भएको फर्मका संचालक गाेबिन्दा कुमार मण्डलले जानकारी दिए ।
त्यसैगरी आगलागी के कारणले भएको हाे भनी त्यसको अनुसन्धान कार्यभईरहेकाे इलाका प्रहरी कार्यालय सखडाका सइ शत्रुधन राउतले जानकारी दिए ।

Facebook Comments Box

