जनकपुरधाम, १० मंसिर । जिल्ला प्रशासन कार्यालय धनुषाले मिथिलाको साँस्कृतिक पर्वको रुपमा रहेको सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा मासु जन्य पदार्थ र मदिरा बिक्री तथा सेवनमा रोक लगाएको छ ।
विवाहपञ्चमीलाई भव्य रुपमा मनाउन बसेको सर्वदलीय बैठकले मंसिर ९ गते राती १२ बजे देखि मंसिर १२ गते राती १२ बजेसम्म अन्तरगृह मिथिला परिक्रमा क्षेत्रमा मासु जन्य पदार्थ र मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
यस आदेश बिपरित निषेधित क्षेत्रमा पशुपंक्षी मारकाट माछामासु तथा मादक पदार्थको विक्रि वितरण तथा सेवन गरिएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ ।
विवाहपञ्चमी महोत्सव मंसिर १३ गते सम्पन्न हुनेछ ।

Facebook Comments Box