सप्तकोसी /सप्तरी क्षेत्र न १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकको मतगणना सम्पन्न जनमत बन्यो प्रहिलो पार्टी नेकपा एमालेले दोस्रो मत पाएको छ। निर्वाचन अधिकृतको कार्यालय कंचनपुरका अनुसार सप्तरी निर्वाचन क्षेत्र न १ को समानुपातिकतर्फको मतगणना सकिदा प्रतिनिधि सभा तर्फ २२ हजार ३ सय २७ मत ल्याएर जनमत पार्टी पहिलो पार्टी बनेको छ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत घनेन्द्र अधिकारीका अनुसार जनमत पार्टीले २२ हजार ३ सय २७ मत ल्याएर पहिलो पार्टी बन्यो भने नेकपा एमालेले १२ हजार ९ सय ४ मत प्राप्त गरि दोश्रो पार्टी बनेको छ । जसपाले १२ हजार ८ सय २७ मत प्राप्त गरि तेस्रो पार्टी बनेको छ।
यसैगरी क्रमशः नेपाली काँग्रेसले १० हजार ३ सय ९९, माओवादी केन्द्रले ३ हजार ७ सय ७२ नागरिक उन्मुक्ति पार्टीले १ हजार ८ सय ३८, रास्वपा १ हजार ५ सय ९९ मत, राप्रपाले (हलो)ले १ हजार ४ सय ८६, एसले ६ सय ५८ लोसपाले ४ सय ४६ मत प्राप्त गरेका छन् ।
प्रतिनिधि सभातर्फ कूल ७५ हजार ९ सय ३६ खसेको मत मध्ये २ हजार ८ सय ८२ मत बदर भएको थियो भने अन्य दलहरूमा मत विभाजन भएका छन् । यसैगरी प्रदेशसभातर्फ जनमत पार्टीले २३ हजार ३ सय १४ मत, जसपाले १३ हजार ५ सय २ मत, नेपाली काँग्रेसले १० हजार ८ सय ८० मत, नेकपा एमालेले १० हजार ६ सय ८० मत, नागरिक उन्मुक्ति पार्टीले १ हजार ९ सय ७९ मत, माओवादी केन्द्रले २ हजार ८ सय १८, नागरिक उन्मुक्ति पार्टीले २ हजार २ सय ५५ मत, राप्रापाले १ हजार ७ सय ३ मत, नेकपा एकीकृत समाजवादीले १ हजार २ सय ३९ मत, लोसपाले ७ सय ३५ प्राप्त गरेका छन् ।
प्रदेशसभा तर्फ ८१ हजर ५ सय ३५ मत आएको मध्ये ५ हजार ६ सय ४२ मत बदर भएको थियो । सप्तरीको २, ३ र ४ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । चार प्रतिनिधि र ८ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सप्तरीमा प्रत्येक्षतर्फको मतगणना सम्पन्न भईसकेको छ । जसमा प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेस २ जसपा १ जनमत पार्टीले १ स्थानमा जित हासिल गरेको छ । प्रदेशसभातर्फ जनमत पार्टी ४, एमाले, काँग्रेस, एकीकृत समाजवादी र स्वतन्त्रले एक÷एक स्थानमा विजयी भएका छन् ।

Facebook Comments Box