सप्तकोसीमा भुउपयोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न



सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका मा भुउपयोग योजना तर्जुमा र क्षेत्रवर्गीकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
बेलायत सरकारको सहयोगमा सप्तकोसी नगरपालिका र सामुदायिक आत्मनिर्भर सेबा केन्द्र को संयुक्त आयोजना मा सन्चालन गरिएको अभिमुखिकरण कार्यक्रममा भुउपयोगी ऐन नियम र कार्यबिधिहरुको बारेमा स्थानीय तहका जनप्रतिनिधिहरु नगर प्रमुख उप प्रमुख वडा अध्यक्ष तथा नगरका कर्मचारीहरु लाइ जानकारी दिने उद्देश्यले गराइएको थियो।नेपाल सरकारले ७५३ वटै पालिका सम्पुर्ण जग्गाको वर्गीकरण गर्ने उद्देश्य अनुरुप सप्तकोसी नगरपालिका मा पनि भुउपयोग योजना तर्जुमा र क्षेत्र वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको आत्मनिर्भर केन्द्र का कार्यक्रम संयोजक सन्तोष केशिले जानकारी दिए। अभिमुखिकरण कार्यक्रम को अध्यक्षता ग्रहण गरेका नगर प्रमुख कृष्ण प्रसाद ढकालले भने भुमि ब्यबस्थाको स्थानीयकरणका लागि भएका नितिगत र कानुनी ब्याबस्था कार्यान्वयनमा लैजान समुचित ब्यबस्था गर्न केहि ढिलाइ भैरहेकोले अब ढिला गर्नु नहुने बताए उनले भने नेपाल एक कृषि प्रधान देश भएकोले यहाँ जग्गा जमिनहरु लाइ वर्गीकरण गरि खेतियोग्य जग्गा लाइ भुउपयोग गर्नु पर्ने आवाश्यकता रहेको बताएका ।
सप्तकोसी नगरपालिकाका जनप्रतिनिधि कर्मचारी सहभागी रहेको अभिमुखिकरण कार्यक्रममा भुउपयोग बिद गोपाल गिरिले कार्यक्रममा सहजिकरण गरेका थिए।



