सप्तकोसी /मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य पदमा सप्तरी क्षेत्र न १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य राज कुमार लेखीले शिक्षामा परिवर्तन नभएसम्म सामाजिक रुपान्तरण नहुने बताएका छ्न। सप्तरीको कञ्चनरुप नगरपालिका रुपनगरमा शनिबार आयोजित शैक्षिक क्षेत्रको वर्तमान अवस्था एवं आगामी कार्यदिशा र समाधान विषयक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै लेखिले भने शिक्षामा परिवर्तन नभएसम्म सामाजिक रुपान्तरण हुन नसक्ने भएकाले सामाजिक रुपान्तरण गर्नको लागि हामि सबै मिलि अहिलेको शिक्षामा परिवर्तन गर्नु पर्ने शैक्षिक सुधारको लागि अभियान नै चलाउनु पर्ने आवाश्यकता रहेको लेखिले बताएका छ्न।
साक्षात्कार कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य लेखीले भने जिल्लाको साक्षारता मधेश प्रदेशको साक्षारता दर ६५ प्रतिशत छ सप्तरी १ को ५५ प्रतिशत मात्र छ, लेखीले भने, प्रदेशमा महिला ५७ प्रतिशत र क्षेत्र नम्बर १ मा ४५ प्रतिशत मात्र साक्षार छ्न, जिल्लाको शैक्षिक अबस्थामा संतोष गर्ने अवस्था छैन, शैक्षिक अवस्थालाई सुधार गर्न अभियान नै संचालन गर्नु जरुरी छ ।


लेखीले शैक्षिक क्षेत्रको समग्र विकासका लागि अभियान संचालन गर्नुपर्ने आबश्यकता औलाए । शिक्षामा परिवर्तन नभएसम्म सामाजिक रुपान्तरण नहुने जिकिर गर्दै लेखीले शिक्षाको वर्तमान अबस्थाबाट उकास्न सक्रियतापुर्वक अभियान संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विधार्थी भर्ना गर्न खाजा र घरघरमा अभियान, विधालयको गुणस्तर वढाउन नियमित अनुगमन निरीक्षण, शिक्षकलाई विज्ञबाट नियमित प्रशिक्षणको व्यवस्था, राम्रो विधालयलाई पुरस्कार, प्रत्येक विधालयमा साझा क्यान्टिन, विपन्न परिवारलाई प्रोत्साहन भत्ता, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याव, विज्ञान प्रयोगशालामा म सहयोग गर्छु कार्यक्रम अगाडि बढाउने बताए ।
प्राविधिक र सूचना प्रविधि जोड दिदै उनले हरेक १ जनाले २ जना साक्षार बनाउने, हरेक घरपरिवारमा नियमित समाचार, शिक्षामा विज्ञहरुको समूह निर्माण, शिक्षण पेशालाई अझै सम्मानित, व्यवस्थापन समिती प्रशिक्षित, आर्थिक कारोबार पारदर्शी, शिक्षक तालिम विज्ञहरुबाट, निरन्तर विधालय अनुगमन, कम्प्युटर ईन्टरनेट अनिबार्य, विधालयहरुमा नियमित छ्लफल र अन्तरक्रिया सम्बाद, शिक्षक दरवन्दीको छ्लफल, कक्षाकोठा, फर्निचर, शौचालय, माविसम्म स्थानीय सरकारले हेर्ने प्रबन्धको विकास गर्न अभियान शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा एमाले सप्तरीका उपाध्यक्ष अबदुल मजिद साकिरको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं पुर्व साँसद सरिता गिरि, एमाले प्रदेश सदस्य एवम कन्चनरुप नगरपालिकाका पुर्व मेयर वसन्त कुमार मिश्र, प्रदेश सदस्य एवम सप्तकोशी नगरपालिकाका पुर्व मेयर उत्तम कुमार शर्मा, लालबन्दी नगरपालिकाका पुर्व उपमेयर शान्ती लामा, अग्निसाईर कृष्णासवरन गाउँपालिकाकी पुर्व उपाध्यक्ष मिना चौधरी, प्रदेश सदस्यहरु सुखराम यादव, कल्पना चौधरी, आश्रादेवी चौधरी, बुद्विजिवी संगठन सप्तरीका अध्यक्ष गजेन्द्र चौधरी लगायतकाले मतव्य व्यक्त गरे ।
यसैगरी शिक्षकहरु योगेन्द्र साह, अशोक चौधरी, नागेश्वर चौधरी, कामेश्वर मण्डल, महेश परियार, चन्द नारायण यादव लगायतकाले आ(आफ्नो विचार व्यक्त गरे ।
नेकपा एमाले सप्तरीका सचिब देवनाथ यादवद्वारा संचालित कार्यक्रममा स्वागत नेकपा एमाले कञ्चनरुप नगरपालिकाका अध्यक्ष बच्चुलाल चौधरीले गरे । प्रदेश सभा सदस्य लेखीद्वारा आयोजित कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क ) अन्तर्गतका विभिन्न सामुदायिक विधालयका प्रधानाध्यापक, शिक्षक तथा शिक्षाप्रेमी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box