सप्तकोसी /सप्तरी क्षेत्र न १ (१) बाट निर्वाचित मधेस प्रदेश सभा सदस्य राज कुमार लेखीले आइतबार सप्तकोसी का बिभिन्न सामुदायिक विद्यालयहरुको निरीक्षण गरेका छन् । सप्तकोसीमा रहेका सामुदायिक बिधालयको निरीक्षणको क्रममा नन्द उमा पव्लिक मावि ओद्राहा, गोवर्धन बैरागी जनता मावि फत्तेपुर र विशेश्वर बैरागी प्राथमिक विद्यालय बलार्दहको प्रदेश सभा सदस्य राजकुमार लेखी , प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य खगेन्द्र कार्की वडा न २ का वडा अध्यक्ष जाहिर हुसैन,वडा न ६ का वडा अध्यक्ष नन्दिलाल चौधरी,रिट्रनिङ फ्रेडेसन कि केन्द्रिय सदस्य सरिता चौधरी लगायतको टोलि बिधालयमा रहेको खानेपानी ,शिक्षक, विद्यार्थीको उपस्थिति ,बिधालयमा संचालित चमेना गृह ,पुस्ताकालय भौतिक पूर्वाधार लगायतका समस्या बारेमा जानकारी लिएका छ्न ।

लेखिले विद्यालयको पठनपाठन, शैक्षिक अवस्था र विधार्थीहरुको उपस्थिति बारे शिक्षकहरुसँग जानकारी लिएका छन् । बिधालय निरीक्षणको क्रममा लेखीले गुणस्तरीय शिक्षाका लागि बिधालय शिक्षक अबिभाबक र व्यबस्थापन समितिलाई सक्रिय भएर लाग्न आग्रह गरे ।

शनिबार रुपनगरमा लेखीले शिक्षकहरु सँग शैक्षिक क्षेत्रको अवस्था एवम् समाधान विषयक साक्षात्कार गरेर सुझाव संकलन गर्दै विद्यालयको अनुगमन गर्ने घोषणा गरेका थिए ।

Facebook Comments Box