सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुरमा भुमि निति,कानुन र नियम सम्बन्धि एक दिने वडा स्तरीय अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
बेलायत सरकारको सहयोगमा सप्तकोसी नगरपालिका आत्मनिर्भर केन्द्र र सामुदायिक सेबा केन्द्र को संयुक्त आयोजना मा सन्चालन गरिएको वडा स्तरीय अभिमुखिकरण कार्यक्रममा भुमि निति,कानुन र नियमको बारेमा वडाका जनप्रतिनिधि वडा अध्यक्ष वडा सदस्य, वडाका कर्मचारीहरु , वडामा रहेका टोल बिकास सस्थाका प्रमुख वडामा रहेका वडा पार्टी प्रतिनिधिहरु लगाएतलाइ जानकारी गराइएको थियो।अभिमुखिकरण कार्यक्रम मा भुमि आयोग सप्तरी का अध्यक्ष हरेराम यादब ले भने नेपाल सरकारको निति अनुसार ७ सय ५३ वटै पालिका सम्पुर्ण भुमि हिनहरुलाइ जग्गा उपलब्ध गराउने उदेश्य सहित यो कार्यक्रम लागु गरि काम शुरु गरिएको बताएका छ्न। यादव का अनुसार सप्तरीको कृष्णसरवन अग्निसाइर नगरपालिका का ८५ भुमिहिनहरु लाइ पुर्जा बितरण गरि सकिएको र अन्यपालिकाहरुको पनि सम्झौता भै काम अगाडी बढिरहेको बताएका छ्न सप्तरीका १८ पालिका मध्य १२ वटा पालिकाको सम्झौता भै काम अगाडि बढेको र बाकि ६ वटा पालिकाको पनि अब छिट्टै सम्झौता गरि काम अगाडि बढाइने यादवले बताए। सप्तकोसी नगरपालिका वडा न १ मा रहेका भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत संकलन अवस्था र सत्यपनमा आवश्यक सहयोग गरि भुमि सम्बन्धि एन ,कानुन र अन्य अनुभवहरु बारे सिकाइ आधानप्रधान गर्ने र सहजीकरण समितिको भुमिका तथा कार्य जिम्मेवारी बारे अभिमुखिकरण कार्यक्रममा छलफल गरिएको आत्मनिर्भर केन्द्र का फिल्ड प्रमुख इन्द्र रामले जानकारी दिए। अभिमुखिकरण कार्यक्रममा भुमिहिनको परिभाषा ,अव्यवस्थित बसोबास ,परिवार ,एलानि जग्गा ,शहरी क्षेत्र ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड को बारेमा सहभागीहरुलाइ अभिमुखिकरण गरिएको थियो।
अभिमुखिकरण कार्यक्रममा कार्यक्रम कस फिल्ड प्रमुख इन्द्र राम ,भुमि आयोगका जिल्ला अध्यक्ष हरेराम यादव ,जिल्ला सदस्य हरिनारायण महतो,टोलि प्रमुख बिशेस्वर प्रसाद शाहले सहजिकरण गरेका थिए।

Facebook Comments Box