सप्तरीको कंचनपुर बाट ३९ केजि गाँजा बरामद



सप्तकोसी / बिराटनगर देखि नारायणघाटतर्फ जाँदै गरेको बसबाट ईलाका प्रहरी कार्यालय कंचनपुरले सप्तरीको कञ्चंरूप नगरपालिका ११ मा बुधबार ३९ किलो लागुऔषध गाँजा बरामद गरेको छ । बुधबार बिहान बिराटनगरदेखि नारायणघाटतर्फ जाँदै गरेको ना.५ख १५६१ नम्बरको अग्नि नामको यात्रुवाहक बसबाट बेवारिसे अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रामकुमार यादबका अनुसार उक्त बसमा नामथर नखुलेका एक व्यक्ति नारायणघाट जान्छु भन्दै कालो रंगको लगेज लिएर सुनसरीको दुहबीमा चढेको र इटहरीबाट कोहि कसैलाई जानकारी नै नदिई लगेज छोडी बेपत्ता भएपछि लगेजमाथि शंका लागेर बस चालकले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले जानकारी प्राप्त गर्न साथ इलाका प्रहरी कार्यालय ठेलिया र इलाका प्रहरी कार्यालय कंचनपुरको प्रहरी टोलीले लगेजको लक तोडेर खोल्दा करिब ४ पोका गाँजा फेला परेको डिएसपी यादबले जानकारी दिए । उक्त गाँजा करिब ३९ के. जी को रहेको उनले बताए । फेला परेको गाँजा इलाका प्रहरी कार्यालय कंचनपुरमा राखिएको तथा सो बारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।



