फत्तेपुर बहुउद्देश्यीय सहकारीको १७ औं साधारणसभा सम्पन्न



सप्तकोसी /फत्तेपुर बहुउद्देश्यीय सहकारी सस्था को १७ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। सप्तरीको फतेपुर,ओद्रहा,कमलपुर,कंचनपुर ,जगतपुर र धरमपुर लाई कार्यक्षेत्र बनाइ २०५६ साल मा स्थापना भएको सहकारीमा १३ सय ९ जना सेयर सदस्य रहेका छ्न ।सहकारीको बार्षिक साधारणसभा मा सस्थाका लेखा समिती संयोजक प्रेमकुमार दहाल सस्था को आ.ब.२०७८/०७९ को २८ करोड ४० लाख ४हजार ६ सय २ रुपैया ५३ पैसा बराबर को आय-ब्याय प्रस्तुत गरेका थिए। सहकारी ले किसान हरुको जीवन स्तर उकास्ने उदेश्य राखी पशुपालन, कृषि ब्याबसाय लाई सहुलियत ब्याज दर मा कर्जा उपलब्ध गराउनु का साथै किसान हरु लाई मलखाध बिउबिजन लगायतका सेवा उपलब्ध गराइ सहयोग गर्दै आएको सहकारीले कृषकहरुको सुबिधा लाइ ध्यानमा राखि खेत जोत्ने बारि जोत्ने ट्रयाक्टर धानकाट्ने मेसिनको सहुलियत दरमा सेवा उपलब्ध गराउदै सिमेन्ट खाना पकाउने ग्यासको समेत सेवा दिदै आएको छ ।गाउँ मा छरिएर रहेको पूंजीलाई संकलक को माध्यम बाट घर घर मा पुगि दैनिक बचत संकलन गर्दै सेयर सदस्यहरुला बचत तथा सहुलियत कर्जाको सेवा दिदै आएको सस्था का ब्याबस्थापक इश्वरि प्रसाद नेपाल ले जानकारी दिए ।

“मर्यादित ब्याबसाय र प्रबिधिमा सहकारी” भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारण सभा सस्थाका संचालक समिति अध्यक्ष नरेन्द्र कुमार खत्री को अध्यक्षता मा र मधेश प्रदेशका प्रदेश सभा सदस्य राजकुमार लेखिको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो।साधारणसभा को उद्घाटन कार्यक्रममा बोल्दै लेखिले भने सामाजिक तथा आर्थिक रुपान्तरणमा सहकारी संस्थाहरुले अहम भूमिका निर्वाह गरेको बताएका छन् । सामाजिक क्षेत्रमा सहकारी संस्थाहरुले महत्त्वपूर्ण योगदान दिएको बताएका छ्न । सहकारीको माध्यमले धेरैले रोजगारी पाउनुको साथै सर्वसाधारणहरुको जीवनस्तर उक्सेको छ, लेखीले भने, गरिबी र बेरोजगारी समस्या केही हदसम्म न्यूनीकरणमा मद्दत पुगेको बताएका छ्न । कार्यक्रम मा बोल्दै लेखिले भने सहकारी संस्थाहरुको विकास र ब्यबस्थापनका लागि सदैब आफुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।दुर्गा आचर्यले स्वागत मन्तव्य राखेको कार्यक्रम सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद ढकाल पुर्ब नगर प्रमुख उत्तमकुमार शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए।





