पत्रकार झालाई धम्की दिनेलाइ पत्ता लगाउन चासो नदेखाउनु दु:खद : महासंघ



सप्तकोसी /नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य एवम कान्तिपुरकर्मी अबधेश कुमार झालाई धम्की दिने अपरधिलाई पत्ता लगाउन प्रशासनले चासो नदेखाउनु दु:खद रहेको नेपाल पत्रकार महासंघले जनाएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयद्वारा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै निवेदन दिएको एक हप्ता बितिसक्दा पनि पत्रकार झालाई धम्की दिने अपाराधी पत्ता लगाउन स्थानीय प्रशासनले तदारुकता नदेखाउनु निन्दनीय दु:खद रहेको जनाएको हो ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार झालाई ज्यान मार्ने धम्की दिनेहरुलाई कारबाहीको दायरा ल्याउन नसकेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । महासंघका पूर्व केन्द्रिय सदस्य एवम कान्तिपुरकर्मी झालाई सामजिक संजालमा तस्वीररै राखेर ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ, कान्तिपुर दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार झालाई केही व्यक्तिले भौतिक कारबाही हुने जनाएको थियो विज्ञाप्तिमा अगाडि भनिएको छ, नेपाल पत्रकार महासंघ सप्तरीको मंसिर २० गते गएको पत्रकारहरुको टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएको एकहप्ता वितसक्दा समेत अपराधी पत्ता नलाग्नु तदारुकता नदेखाउनु दु:खद र निन्दनीय विषय हो । समाचारमा चित्त नबुझे गुनासो भए त्यस विरुद्ध कानुनी उपचारमा जान सक्ने विकल्प हुदाहुदै खुलेयाम ज्यानमार्ने धम्की दिनु प्रेस स्वतन्त्रतामाथी ठाडो हस्तक्षेप भएको महासंले ठहर गरेको छ । समाचारमा चित्त नबुझे गुनासो भए त्यस विरुद्ध कानुनी उपचारमा जान सक्ने विकल्प हुदाहुदै यस किसिमको पत्रकारलाई धम्क्याउनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो, विज्ञाप्तिमा भनिएको छ, यस्तो घटनाले पत्रकारहरूको सुरक्षा थप चुनौतीपूर्ण हुने महासंघको ठहर छ । महासंघले पत्रकारलाई त्रसित र आतांकित बनाउने कार्यमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसंग माँग गरेको छ । कान्तिपुरकर्मी झामाथि समाचार लेखेकै कारण केही व्यक्तिले सामाजिक संजालमा खुलेयाम ज्यान मार्ने खालको तस्विर कोरेर धक्की दिंदा समेत संलग्न व्यक्तिलाई कारबाही गर्न आलटाल हुनुले पत्रकारहरूको सुरक्षामा चुनौती थपिएको महसुस भएको छ, विज्ञाप्तिमा भनिएको छ, पत्रकारलाई त्रसित र आतंकित बनाउने कार्यमा संलग्नलाई तत्काल कानुनी दायरमा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीरबन्न स्थानीय प्रशासनसंग महासंघ जोडदार माग गर्दछ । सप्तरीलाई कार्यक्षेत्र बनाएर समाचार संकलन र सम्प्रेषण गर्दै आएको पत्रकार झाले १७ मंसिर को कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणमा तोक आदेशमा कर्मचारी भर्ना शिर्षकमा समाचार लेखेका थिए । उक्त समाचार राजविराज नगरपालिकामा तोक आदेशमा कर्मचारी भर्ना गरिएको विषयसंग सम्बन्धित छ । उक्त समाचार प्रकाशन भएपछि बजार चौकमा केही व्यक्तिले पत्रकार झालाई भौतिक कारबाही हुने भनी चेतावनी दिएका थिए । यसको अतिरिक्त नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडिबाट पत्रकार झाको तस्बिरमा क्रस चिन्ह लगाएर सार्वजनिक गरिएपछि थप पत्रकार झा असुरक्षित हुन पुगेको छ, उक्त फेसबुक आईडिहरुमा लेखिएको स्क्रिन सर्ट समेत निवेदनसाथ सलग्न राखी प्रहरीमा बुझाएको हप्तादिन भएको छ तर अहिलेसम्म अपराधीहरु फेला परेको छैन ।

