राजबिराजमा युरिया मलको कालोबजारी गरेको आरोपमा एक युवक पक्राउ


सप्तकोसी /राजबिराजमा युरिया मलको कालोबजारी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन ।
सप्तरीको राजबिराज नगरपालिका वडा नं.–१० दिघवाबाट मङलबार युरिया मलको कालोबजारी गरेको आरोपमा प्रहरीले स्थानीय १९ वर्षीय राज कुमार दासलाई प्रहरीले मलसहित पक्राउ गरेको हो ।
दासले संचालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मुल्य भन्दा बढी मुल्यमा लुकाई छिपाई भण्डारण गरी बिक्री बितरण गर्दै आई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोली उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । पसल खानतलासी गर्दा किराना आईटमहरु सँगसंगै नेपाल सरकारबाट अनुदानित रासायनिक मल अंकित खेती शक्ति मल लेखिएको ५० किलो युरिया मल ३५ बोरा समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त युरिया मलका बोराहरु नियमानुसार स्थानीय मानिसहरुको रोहबरमा रीतपूर्वक बरामद् गरी जरुरी पक्राउ पूर्जी दिई दासलाई पक्राउ गरी कालो बजार अन्तर्गत मुद्दा दर्ता गरिएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताउनु भयो ।
७ दिनको पहिलो पटक म्याद थप समेतको अनुमति लिई घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

