सप्तकोसी /समाचार लेखेकै आधारमा पत्रकार लाइ ज्यानमार्ने धम्कि दिने लाइ प्रहरिले १० औं दिन बितिसक्दा पनि अझैसम्म पक्राउ नगरेको भन्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले ४८ घन्टाको अल्टिमेटम दिदै आपत्ति जनाएको छ। नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ४८ घण्टाभित्र पनि दोषि लाइ पक्राउ नगरे महासंघले सशक्त संघर्ष गर्ने चेतावनी विज्ञप्ति मार्फत दिएको छ ।नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवं कान्तिपुर दैनिक कर्मि पत्रकार अवधेशकुमार झामाथि समाचार लेखेकै कारण केही ब्यक्तिले सामाजिक संजाल मार्फत झाको तस्वीर राखेर ज्यान मार्ने धम्की आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कान्तिपुरकर्मि पत्रकार झाले राजबिराज नगरपालिका को २०७९ मंसिर १७ गते कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणको ४ नम्बर पेज मा तोक आदेशमा कर्मचारी भर्ना’ शिर्षकको समाचार प्रकासित गरेका थिए ।

कान्तिपुरमा प्रकासित समाचारलाई लिएर नसरुल राजा र मो.सजाद नामक फेसबुक आइडीबाट पत्रकार झाको तस्बिर समेत राखेर ज्यानमार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । फेसबुकमा नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडीवाट पत्रकार झाको तस्विरमा क्रस चिन्ह लगाएर ज्यानमार्ने धम्की दिएको भन्दै आवश्यक कारबाहीको माग गर्दै पत्रकार महासंघ सप्तरीले शाखाले २०७९ मंसिर २० गते नै पत्रकार झाको तर्फबाट संस्थागतरुपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्बाहिको माग गर्दै उजुरी दिएपनि निवेदन दिएको १० दिन बितिसक्दा पनि प्रहरीले दोषिलाइ पक्राउ गर्न नसक्नुप्रति हाम्रो घोर आपत्ती छ ।’ विज्ञप्तिमा उल्लेख छ। प्रहरी उदासीनता ले गर्दा पत्रकार झा सप्तरी जिल्लामा बसेर समाचार संकलन गर्न असुरक्षित भएका छन् ।

पत्रकार झाको विषयलाई लिएर शुक्रबार महासंघको कार्यालयमा पत्रकार सम्बद्ध संगठन प्रेस चौतारी नेपाल, प्रेस यूनियन, प्रेस मञ्च नेपाल, समाजवादी प्रेस संगठन र प्रेस सेन्टर नेपालका अध्यक्ष तथा प्रतिनिधिहरुको संयुक्त बैठकले सशक्त संघर्षको चेतावनी सहितको ४८ घण्टे अल्टिमेटम दिइएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देबले बताए ।

Facebook Comments Box