फत्तेपुर/सप्तरीको सप्तकोसी नगरपालिका वडा न ७ चकरघट्टामा बिपद जोखिम न्यूनीकरणका लागि कृतिम नमुना घटना अभ्यास कार्यक्रम शनिबार सम्पन्न भएको छ।
बेलायत सरकारको सहयोग पिपुल इन निड र आत्मनिर्भर केन्द्रको समन्वय र सहकार्य मा सशस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प फत्तेपुरको प्राबिधिक सहयोगमा शितलर तथा आगलागी सम्बन्धि कृतिम नमुना घटना अभ्यास गरिएको छ।

नमुना अभ्यास कार्यक्रममस सशस्त्र प्रहरी बल सुरक्षा बेस फत्तेपुरले शितलरबाट जोगिन गर्नु पर्ने पुर्ब तयारी तथा उदार सम्बन्धि जनचेतना मुलक संदेश प्रबाह र आगलागी बाट जोगिन गर्नुपर्ने पुर्ब तयारी तथा उद्दार सम्बन्धि जनचेतना मुलक सन्देश दिदै ग्यास लिक भएर हुनसक्ने जोखिम र क्षेति समुदायमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी हुने सम्भावना भएको हुँदा त्यसलाई कसरि रोक्ने स्थानीय समुदायमा उपलब्ध श्रोत र साधन बाट आगो नियन्त्रण जस्तै खालि हातको प्रयोग ,बाल्टिनको प्रयोग कम्बल तन्नाको प्रयोग गरेर आगो निभाउने बिधिको प्रयोग गरि समुदायलाइ जानकारी दिएको र आगलागी हुँदा घाइतेको उद्दार प्राथमिक उपचार,एम्बुलेन्स को प्रयोग र फाएरसुट्को प्रयोग बिषयमा समुदायलाइ कृतिम नमुना अभ्यासको आयोजना गरिएको सशस्त्र प्रहरी सुरक्षा बेष फत्तेपुर का सशस्त्र प्रहरी नायब निरीक्षक ज्ञान बहादुर आलेमगर ले जानकारी दिए।


कृतिम नमुना घटना अभ्यास आयोजना कार्यक्रमको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक ज्ञानबहादुर आलेमगर र सह नेतृत्व पिन आकस्मिक लिड सबिन अधिकारी ले गरेका थिए।

Facebook Comments Box