सप्तकोसी /समाचार लेखेकै आधारमा पत्रकार धम्क्याउनेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले मङलबार प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन–पत्र बुझाएको छ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा जिल्ला प्रसासन कार्यलय पुगेका सञ्चारकर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापन–पत्र बुझाएका छ्न । महासंघले बुझाएको ज्ञापनपत्रमा समाचार लेखेको बिषयलाइ लिएर पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई प्रहरीले कानूनी दायरामा ल्याउन चासो नदेखाएपछि पत्रकारहरु आन्दोलिन हुन बाध्य भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले थालेको आन्दोलनबारे प्रमुख जिल्ला अधिकारी थापालाई जानकारी गराइएको महासंघका शाखा सचिव रामनारायण विश्वासले जानकारी दिए । कान्तिपुर कर्मि तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका अवधेशकुमार झाले कान्तिपुर दैनिक पत्रिकामा राजविराज नगरपालिका को समाचार लेखेका थिए ।
झाले लेखेको समाचारको बिषयलाइ लिएर गत मंसिर १९ गते नसरुल राजा र मो. सजाद नामक फेसबुक आईडीवाट ज्यानमार्ने धम्की दिएका थिए ।झालाइ ज्यान मार्ने सम्मको धम्की दिए पछि महासंघ शाखा सप्तरीले पत्रकार धम्क्याउने दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले कानूनी प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएका छन् । गत पुस १ गते महासंघले ४८ घण्टे अल्मिटेम पछि गत सोमवार महासंघले पहिलो चरण अन्तर्गत सोमवारैदेखि पुस १२ गतेसम्म गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासंघले घोषणा गरेका आन्दोलन का कार्यक्रमहरु पुस ६ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीको कुनै पनि औपाचारिक कार्यक्रमहरु बहिष्कार गर्ने, पुस ७ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीका प्रमुख सहभागी भएको जुनसुकै कार्यक्रम बहिष्कार गर्ने, पुस ८ गते सुर्खेतमा आयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभास्थलमा दोषीलाई कारबाही र पीडित पत्रकारलाई न्यायको मागसहितको ब्यानर प्रदर्शन गर्ने र पुस १२ गतेसम्म पनि मागप्रति स्थानीय प्रहरी–प्रशासन गम्भिर नदेखिए दोस्रो चरणको आन्दोलनमा जाने महासंघले जनाएको छ ।

Facebook Comments Box