सप्तकोसीमा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न



सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका वडा न २ मा एक दिने निशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ।
सप्तकोसी नगरपालिका वडा न २ को आयोजना र एम डि हेल्थ केयर हस्पिटल प्रा लि कंचनपुरको प्राबिधिक सहयोगमा वडा न २ को कार्यलयमा संचालित स्वास्थ्य शिविर मा सप्तकोसी नगरपालिका भित्र का विभिन्न एक सय १५ जनाको स्वास्थ्य परिक्षण गरिएको वडा अध्यक्ष जाहिर हुसेन ले जानकारी दिए।

शिविरमा एम डि हेल्थ केयर हस्पिटलका वरिष्ठ फिजिसियन तथा मुटु रोग,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरहरु द्वारा स्वास्थ्य परिक्षण, ल्याब परिक्षण साथै निशुल्क औषधि समेत बितरन गरिएको वडा सदस्य नबराज अधिकारी ले बताए।




Facebook Comments Box

