समाचार संकलन गर्न गएका पत्रकार माथि जनमतका कार्यकर्ता द्वारा कुटपिट



सप्तकोसी / सप्तरीको राजबिराजमा समाचार संकलन गर्न गएका पत्रकार माथि जनमत पार्टीका कार्यकर्ताले कुटपिट गरेका छ्न। जनमतका कार्यकर्ताको कुटपिटबाट समाचार संकलनमा रहेका पब्लिक प्रेस दैनिक पत्रिकाको प्रकाशक तथा प्रेस चौतारी नेपाल सप्तरीका जिल्ला कार्यसमिति सदस्य नविन यादव र मैथिली अभियन्ता विद्यानन्द बेदर्दी घाईते भएका छन।
प्रतिनिधिसभा सदस्य डा. सिके राउतको पुतला दहनमा सहभागी वेदर्दी र समाचार संकलनको क्रममा रहेको म माथि जनमत पार्टीका कार्यकर्ताहरुले आक्रमण गरि घाईते बनाएको पत्रकार यादव ले बताए ।

डा. सिके राउतले प्रतिनिधिसभा सदस्य पदको सपथका लागि संघीय संसदको सचिवालयमा दर्ता गरिएको मधेशी भाषाप्रति बिरोध गर्दै मिलाफले राउतको पुतला जलाउने क्रममा उक्त चौकस्थित बेदर्दीमाथि भईरहेको आक्रमणको भिडियो कैद गरिरहेका बेला दिलिप मण्डल नाम गरेका जनमत पार्टीका कार्यकर्ताले भौतिक आक्रमण गरेका घाईतेहरुले आरोप लगाएका छन् ।
घाईते पत्रकार यादव र मैथिली अभियन्ता विद्यानन्द बेदर्दी दुबै जनाको हात तथा शरीरको बिभिन्न भागमा चोटपटक लागेको छ ।



