सप्तकोसी /समाचार संकलन गर्न गएका पत्रकार नबिन यादव लाइ कुटपिट गर्ने माथि कार्बाहि गर्न प्रेस चौतारी नेपाल सप्तरी शाखाले माग गरेको छ। प्रेस चौतारी नेपाल सप्तरी शाखा अध्यक्ष डम्बर राइले शनिबार एक विज्ञप्ति जारी गर्दै समाचार संकलनमा रहेका पत्रकार यादव माथी आक्रमण गर्ने दोषि लाइ पक्राउ गरि कार्बाहि गर्न माग गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र दोषिमाथि कानुन बमोजिम कारबाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौ अध्यक्ष राइ द्वारा हस्ताक्षर गरिएको विज्ञप्ति उल्लेख गरिएको छ ।

प्रेस चौतारी नेपाल सप्तरी शाखा कार्यसमिति सदस्य एवं पब्लिक प्रेस दैनिकका संचालक पत्रकार नबिन यादव माथि समाचार संकलनका क्रममा २०७९ पुस ७ गते साँझ ६ः३० बजे राजविराजस्थित सहिद दशन चोकमा जनमत पार्टीका कार्यकर्ता राजगढ गाउँपालिका–१ झुटकी घर भई हाल राजविराज नगरपालिका–२ बसोबास गर्दै आएका दिलिप मण्डलले गरेको दुव्र्यवहार र आक्रमणप्रति प्रेस चौतारी नेपाल सप्तरी शाखाले निन्दा एवम् घोर भत्सर्ना गरेको छ। मिथिला साहित्य कला प्रतिष्ठान (मिलाफ)द्वारा आयोजित जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त (सिके) राउतको पुतला जलाउने विरोध कार्यक्रमको फोटो, भिडिओ लिने तथा समाचार संकलन गर्ने क्रममा पत्रकार यादव माथि जनमत पार्टीका कार्यकर्ता दिलिप मण्डलले एक्कासी क्यामेरा हुत्याउँदै आक्रमण गरेको घटना सिङ्गो प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको प्रेस चौतारी नेपालले ठहर गरेको छ ।

Facebook Comments Box