शिब प्रसाद आचर्य:-सप्तकोसी /निजि तथा आवासिय बिधालय अर्गनाइजेसन ( प्याब्सन) सप्तरीको प्रथम जिल्ला अधिबेसन सनिवार प्याब्सन भवन राजबिराजमा सम्पन्न भएको छ ।
प्याब्सन का केन्द्रिय उपाध्यक्ष अनिल कुमार झा को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा बोल्दै प्रमुख अतिथी झा ले सरकार ले निजि बिधालय उपर लाधेको पैंतालीस प्रतिसत क्षात्राबृती का बिरुद्व निजि बिधालय एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताए। कार्यक्रम मा बोल्दै प्रमुख अतिथी झा ले जिल्ला तथा स्थानिय तह मा भएका निजि बिधालय को समस्या समाधान मा केन्द्रीय समिती तदारुकता का साथ लाग्ने बताए।
कार्यक्रम बोल्दै कार्यक्रम का बिशिस्ट अतिथि प्याब्सन सप्तरी का पुर्व अध्यक्ष तथा प्याब्सन मधेस प्रदेश का प्रागिक सल्लाहकार पचदेब यादब ले प्याब्सन को जिम्मेवारी लाई आत्मसात गरेर निजि बिधालय अगाडि बढ्नु पर्ने मा जोड दिए।
कार्यक्रम मा बोल्दै प्याब्सन मधेस प्रदेश कि उपाध्यक्ष रिभा झा ले निजि बिधालय प्रबिधि मैत्री बन्नु पर्ने मा जोड दिइन । कार्यक्रम मा भरत बिष्ट,ध्रुबनारायण चौधरी ,मदन चौधरी , शिव आचार्य ,केन्द्रीय सदस्य देवानन्द चौधरी लगायत ले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए।
प्याब्सन सप्तरी का अध्यक्ष अरुन देब को अध्यक्षता मा सम्पन्न कार्यक्रम मा प्याब्सन सप्तरी का वरिष्ठ उपाध्यक्ष उग्रकान्त झा ले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।

Facebook Comments Box