प्रधानमन्त्री मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नियुक्त



सप्तकोसी /नेपालको ४४ औं प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् । नेकपा एमाले ,नेकपा माओवादी केन्द्र ,राष्ट्रिय प्रजातन्त्र पार्टी ,राष्ट्रिय स्वतन्त्र पार्टी जनमत पार्टी लगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री मा सिफारिस भएका प्रचण्ड लाइ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् ।

प्रचण्ड प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन सहित तेस्रो पटक प्रधानमन्त्री बनेका हुन। प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए । प्रधानमन्त्री लाइ आजै शपथको तयारी भए पनि समय अभाबका कारण भोलिमात्रै शपथ गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



