बर्दिमा रहेका ट्राफिक प्रहरी क्यारमबोर्ड मा ब्यस्त



सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुर मा कार्यरत एक ट्राफिक प्रहरी बर्दि लगाएर डिउटि समयमा क्यारमबोर्ड खेल्न ब्यस्त रहेका छ्न। जिल्ला ट्राफिक प्रहरी कार्यलय शम्भुनाथ दरबन्दी भइ स्थायी ट्राफिक प्रहरी पोस्ट फत्तेपुरमा कार्यरत ट्राफिक प्रहरी सहायक हवलदार नबिन दहाल बर्दि लगाएर मंगलबार स्थानीय संग क्यारमबोर्ड खेल्न ब्यस्त देखिएको तस्बिर सामाजिक संजाल मा भाइरल भएको छ ।डिउटिमा रहेको ट्राफिक प्रहरी बर्दि लगाएर क्यारमबोर्ड खेल्दै गरेको बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख कमल जंग थापा संग बुझ्दा बर्दि लगाएर डिउटिमा रहेको प्रहरीले कुनै पनि खेल खेल्नु गैरकानुनी भएको र यदि तेस्तो भेटिए छानबिन गरि आवश्यक कारबाही गरिने बताए ।


Facebook Comments Box

